back
CTIZAN AD

एक वर्षमा रोजगार खोज्दै बाहिरिए झण्डै आठ लाख नेपाली

वि.सं.२०८० वैशाख १७ आइतवार

975 

shares

काठमाडौं । वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गएको देखिएको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकलाई केलाउँदा गएको वर्षको १२ महिनामा हालसम्मकै सबैभन्दा बढी वैदेशिक रोजगारमा गएको देखिएको हो । विभागका अनुसार २०७९ को वैशाखदेखि चैतसम्म सात लाख ७२ हजार ३५९ व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगारमा गएकामध्ये सबैभन्दा बढी मधेश प्रदेशबाट गएको विभागले जनाएको छ । विभागले जनाएअनुसार सबैभन्दा बढी यूएई, कतार, साउदी अरब र मलेसिया गएका छन् ।

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गएको कात्तिकमा सबैभन्दा बढी वैदेशिक रोजगारमा गएका थिए । कात्तिक महिनामा मात्रै ७८ हजार ३७० जना रोजगार खोज्दै विदेश गएको विभागले जनाएको छ ।

विशेषतः नेपालीहरुको चाडपर्व भदौदेखि कात्तिकसम्म पर्ने गर्दछ । उक्त समयमै सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा ठूलो पर्व मानिने दशैं परेको महिनामा असोजमै पनि ६२ हजार बढी नेपाली रोजगारी खोज्दै विदेश गएका छन् ।

 

२०७९ को कुन महिनामा कति विदेशिए ?

वैशाख : ४५,००४

जेठ : ६२,३४९

असार  : ६२,८५३

साउन  : ६३,०३९

भदौ : ७६,४०३

असोज : ६२, ७०६

कात्तिक : ७८,३७०

मंसिर : ६८,५६४

पुस : ६५,४६४

माघ : ६४,२८४

फागुन  : ६१,८४५

चैत : ६१, ४७८

 

वर्षअनुसार विवरण, कुन आर्थिक वर्षमा कति ?

२०७२/०७३ : ६,४०,९८१

२०७३/०७४ : २,८७,५१९

०७४/०७५ : ६,१२,६८५

०७५/०७६ : ५,०८,८२७

२०७६/०७७ : ३,६८,४३३

०७७/०७८ : १,६६,६९८

०७८/०७९ : ६,३०,०९०

वि.सं.२०८० वैशाख १७ आइतवार १४:१९ मा प्रकाशित

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...