back
CTIZAN AD

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा महावीर पुनको आन्दोलनप्रति ऐक्यबद्धता

वि.सं.२०८० वैशाख १७ आइतवार

783 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले डा. महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

शुक्रबारदेखि अनुसन्धान, नबप्रबर्तन र आविष्कारका विषयमा विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्ना बसिरहेका आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनसहित आन्दोलनकर्ताहरुको धर्ना कार्यक्रमस्थल माइतीघर मण्डलामा पुगेर लिङ्देनले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
‘महावीर पुनको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलनमा हाम्रो निरन्तर ऐक्यबद्धता…..हाम्रा युवाहरु, भावी सन्तति र मुलुकको भविष्यका लागि ।’ अध्यक्ष लिङ्देनले भनेका छन् ।

शुक्रबारदेखि धर्नामा बसेका डा. पुनले ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष’ खडा गर्न, अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, प्रतिभाशाली सन्ततिहरुलाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने, स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाऊनुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्नु नहुने, उद्यमशीलताको बिकास गर्न ‘नव उद्यमी पहिचान र प्रबर्धन समिति’ बनाउनुपर्ने तथा व्याबहारिक अनुसन्धानलाई प्रबर्धन गर्न ‘व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग’ खोल्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था तुरुन्तर गर्नुपर्ने, पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति दिनुपर्ने तथा सृजनशील नेपालीहरुले निर्माण गरेको सामानहरुलाई थप बिकास गर्न सहयोग गर्नुपर्ने ११ माग राखेर डा. पुनः आन्दोलनमा उत्रिएका हुन् ।

 

वि.सं.२०८० वैशाख १७ आइतवार १३:५० मा प्रकाशित

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...