काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डा. महावीर पुनको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
शुक्रबारदेखि अनुसन्धान, नबप्रबर्तन र आविष्कारका विषयमा विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्ना बसिरहेका आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनसहित आन्दोलनकर्ताहरुको मागका विषयमा अविलम्ब संवाद गर्न शर्माले माग गरेका छन् ।
‘महावीर पुनसँग अविलम्ब संवाद गर्न सरकारलाई आग्रह ! आविस्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननिय २एः)लभउब)िलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमिका लागि आग्रह गर्दछु ।’ शर्माले सामाजिक संजाल ट्विटरमार्फत् आग्रह गरेका छन् ।
शुक्रबारदेखि धर्नामा बसेका डा. पुनले ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष’ खडा गर्न, अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, प्रतिभाशाली सन्ततिहरुलाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने, स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाऊनुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्नु नहुने, उद्यमशीलताको बिकास गर्न ‘नव उद्यमी पहिचान र प्रबर्धन समिति’ बनाउनुपर्ने तथा व्याबहारिक अनुसन्धानलाई प्रबर्धन गर्न ‘व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग’ खोल्नुपर्ने माग राखेका छन् ।
त्यसैगरी यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था तुरुन्तर गर्नुपर्ने, पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति दिनुपर्ने तथा सृजनशील नेपालीहरुले निर्माण गरेको सामानहरुलाई थप बिकास गर्न सहयोग गर्नुपर्ने ११ माग राखेर डा. पुनः आन्दोलनमा उत्रिएका हुन् ।
वि.सं.२०८० वैशाख १७ आइतवार १३:३८ मा प्रकाशित


























