back
CTIZAN AD

एसपी तिम्सिनाले किन दिए राजीनामा ?

वि.सं.२०८० वैशाख १७ आइतवार

906 

shares

काठमाडाैं । एसपी आभूषण तिम्सिनाले पदबाट राजीनामाकाे घाेषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले आइतबार राजीनाकाे घाेषणा गरेका हुन् ।

उनले लेखेकाे स्टाटसअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाप्रति उनकाे तिव्र असन्तुष्टि देखिन्छ ।

‘आफैं अन्यायमा परेको भावनाले पीडित व्यक्तिको रूपमा कसरी नागरिकका हक-अधिकारको संरक्षण गर्न सक्छु र कसरी देशप्रतिको प्रगाढ आस्थालाई जीवन्त राख्न सक्छु भनेर मैले मेरो जवानी लुटाएको संस्थाबाट अलग्गिने निर्णय गरेको छु’, उनले लेखेका छन्, ‘आफू अन्यायको सिकार भएको र आफूप्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारीले जागिरमा रहँदा भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर आम नेपाली नागरिकलाई कसरी न्यायको भरोसा दिलाउन सक्छु भन्ने कुरो बोधपश्चात मैले संगठनमा रहिरहनु उचित मानिनँ।’

सरकारले गत शुक्रबार नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । जसमा उनी परेका थिएनन् । एसएसपीमा बढुवाका लागि सिफारिसमा नपरेपछि उनले राजीनामा दिएका हुन् ।

यस्ताे छ तिम्सिनाले लेखेकाे फेसबुक स्टाटस

मैले राजीनामा दिने निर्णय किन लिएँ ?

म, प्रहरी उपरीक्षक आभुषण तिम्सिना मिति २०५६ साल असार ३ गतेबाट जनसेवा गर्ने उत्कृष्ट संस्थाको रुपमा दरिएको नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई हालसम्म नेपाल प्रहरीमा कार्यरत छु ।

मैले नियुक्तिको प्रमाणपत्र पाउने समयमा म लोकसेवा पास गरेर लोकसेवाको वरीयतामा पहिलो नम्बरमा नाम निकालेर भर्ना हुँदा म मा देशप्रतिको जुन अगाढ निष्ठा, जनसेवा गर्ने जुन प्रगाढ भावना थियो, त्यसलाई बोकेर नेपाल प्रहरीमा मेरा सहकर्मी साथीहरुसँगै सेवा प्रवेश गरेको थिएँ ।

तर आज मिति २०८० साल वैशाख १७ गतेबाट म मैले लगभग २५ वर्ष पूरा हुन ४९ दिन बाँकी रहँदा नेपाल प्रहरी जस्तो जनस्तरसम्म जोडिएको पबित्र संस्थाबाट राजीनामा दिएर अलगिने निर्णय गरेको छु ।

नेपालको संबिधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, विभेद, नातावाद, कृपावादको माखेसाङ्लोबाट नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरु कहिले मुक्त हुने र कानूनले नचिनेका शक्तिकेन्द्रहरु धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरु कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने ?

अन्यायको शिकार भएका यी तिन दिन र रातहरुमा मैले अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रवृत्तीलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने बिश्वब्यापक धारणालाई गहिरिएर मनन गरेको छु ।

आफ्नै मानव अधिकारको हरण पटक पटक ब्यहोरेको व्यक्तिले आम नागरिकका मानव अधिकारहरुलाई कसरी रक्षा गर्ला भन्ने चिन्ताले म यी ३ रात सुत्न सकिन ।

चन्द्रशमशेरले राणा कालमै अन्त्य गरेको दासप्रथालाई निरन्तरता दिने पक्षमा म सार्बभौम नेपाली नागरिकको हैसियतमा कदापि छैन ।

पदबाट राजीनामा दिएर अलगिएको आजैका मितिबाट म सार्वभौम र कानूनको सम्मान गर्ने पूर्ण नेपाली नागरिकमा रुपान्तरित भएकोमा गौरवान्बित महसुस गरेको छु । म आजैका दिनबाट नेपालको प्रत्यक्ष र समानुपातिक मतदाताको रुपमा दरिने आधारभुत योग्यतालाई पूर्ण विवेकका साथ प्रयोग गर्न पाउने हैसियतमा पुगेको गौरानुभुती भइरहेछ ।

अन्याय, विभेद, अत्याचार, भेदभाव, थिचोमिचो जस्ता मत्स्यन्यायको शिकार भएका आम नेपाली सर्वसाधारण नागरिकलाई न्याय दिलाउने संबैधानिक उद्धेश्य लिएर स्थापना भएको नेपाल प्रहरी जस्तो पबित्र संस्थामा म आफैं अन्यायमा परेको कृत्रिम सुखानुभुति गरेर आफैं अन्यायमा परेको भावनाले पिडीत व्यक्तिको रुपमा कसरी नागरिकका हक अधिकारको संरक्षण गर्न सक्छु र कसरी देश प्रतिको प्रगाढ आस्थालाई जीबन्त राख्न सक्छ भनेर मैले मेरो जागिरलाई निरन्तरता दिएर आम करदाता नेपाली नागरिकको काँधमा बोझको रुपमा रहिरहनु उचित नलागेर मैले मेरो जवानी लुटाएको संस्थाबाट अलग्गीने निर्णय गरेको छु ।

आफू अन्यायको शिकार भएको र आफूप्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारिले जागिरमा रहँदाबस्दा आफूमाथि भएको अन्यायको बिलौना मात्रै गरेर बस्ने; अन्यायको व्यक्त गर्न नसक्ने तर भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर संगठनमा अडेको व्यक्तिको रुपमा आफु समक्ष आउने आम नेपाली नागरिकहरुलाई कसरी न्यायको भरोसा दिलाउन सक्छु भन्ने कुरोको बोध पश्चात मैले यो संगठनमा रहिरहनु उचित मानिन ।

मैले यो संगठनमा रहँदा बस्दा मँसँग काम गरेका मेरा सहकर्मी, सहयोद्धा प्रहरी कर्मचारीहरुले मलाई गरेको सहयोग मेरो जीवनमा मार्गदर्शक सिद्धान्तको रुपमा रहिरहनेछन ।

“Injustice Anywhere is threat to justice everywhere” भन्ने मार्टिन लुथर किङ्गको भनाइलाई आज मेरो अन्यायको बिरुद्ध लडिरहने आदर्श मुल मन्त्र बनाएर मेरो जागिरे जीवनलाई यहिँबाट पुर्णबिराम लगाउदै न्याय दिलाउने संस्था आफ्नै सदस्यहरुलाई न्याय गर्न सक्दैन भने त्यो संस्थाको औचित्य बिस्तारै समाप्त हुदै जाने तर्फ समेत नेपाल प्रहरीका साथिभाइ र अग्रजलाई समेत सुझाव दिन चाहन्छु ।

मैले जागिरे जीवनमा के कस्ता अन्याय सहनु पर्‍यो भन्ने कुरा म क्रमश: मेरा आफन्त, साथीभाइ र इष्टमित्रले पाउने गरी यहि सार्वजनिक मञ्चमार्फत राख्नेछु ।

यसका साथै नेपाल प्रहरीमा कार्यरत रहँदा मलाई सकारात्मक कार्यको लागि प्रेरणा दिने सम्पुर्ण अमर प्रहरीहरु, संगठनमा कार्यरत हुँदा अशक्त भएका अशक्त प्रहरी कर्मचारीहरु, देशको लागि प्राणको आहुती दिन तयार भएका सम्पुर्ण पुर्व तथा कार्यरत प्रहरी कर्मचारीहरु प्रती हार्दिक नमनका साथ नागरिक समाजका मार्गदर्शकहरु प्रति कृतज्ञता व्यक्त गर्दै सम्पुर्ण प्रहरी कर्मचारीको सहज बृत्तीबिकास, सकारात्मक कार्यवातावरणको प्राप्ति एवम् आगामी दिनमा सफलता र सुस्वास्थ्यको कामना गर्दछु।

धन्यवाद, जयनेपाल  ।

आभूषण तिम्सिना
प्रहरी उपरीक्षक

वि.सं.२०८० वैशाख १७ आइतवार १७:४१ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...