back
CTIZAN AD

पाठ्यपुस्तक छपाइ सम्पन्न, कतै अभाव भए सूचना दिन शिक्षा मन्त्रालयकाे आग्रह

वि.सं.२०८० वैशाख १७ आइतवार

615 

shares

काठमाडाैं । नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी यही वैशाख दोस्रो सातासम्ममा सामुदायिक विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले पाठ्यपुस्तक पाइसकेको जानकारी दिँदै भर्नासँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउने कार्यमा माथिल्लो निकाय, सम्बन्धित निकाय र सञ्चार क्षेत्रबाट सकारात्मक सहयोग मिलेको जनाएको हाे ।

मन्त्रालयका अनुसार यस शैक्षिकसत्रका लागि प्रक्षेपित कक्षा १ देखि ५ सम्म जम्मा २३ लाख ९२ हजार छ सय ३६ र कक्षा ६ देखि १० सम्म २० लाख ४६ हजार चार सय ५० का लागि आवश्यक पुस्तक जनकशिक्षा सामग्री केन्द्र लिमिटेड र निजी प्रेसबाट उत्पादन गराइएको छ । जनकशिक्षाबाट कक्षा ६ देखि १० सम्मका लागि एक करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रकबाट कक्षा १ देखि ५ सम्मका लागि एक करोड १८ लाख थान पाठ्यपुस्तक छपाइ कार्य सम्पन्न भएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मुख्यसचिव शङ्करदास वैरागी, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतबाट भएको निर्देशन र पहलका कारण यस वर्ष सहजरुपमा उत्पादन र बिक्रीवितरण भएको बताए । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले उत्पादन क्षमतामा वृद्धि भएकाले आगामी वर्षका लागि पनि कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक समयमै छपाइ र बिक्रीवितरणका लागि तयार रहेको स्पष्ट गरे ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले परिवर्तन गरिएका पाठ्यक्रममा बाहिरी आवरण मात्रै परिवर्तन गरेर भित्री पृष्ठमा पुरानै विषयवस्तु हुबहु छापेर बिक्री गर्ने आठ्राई प्रकाशन र ओएसिस प्रकाशनलाई स्पष्टीकरण सोधिएको र कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक चूडामणि पौडेलले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउँदा भर्ना अभियानमा सहयोग पुगेको र भर्ना अभियानको समग्र अगुवाइ स्थानीय तहले गरिरहेको बताए ।

वि.सं.२०८० वैशाख १७ आइतवार १६:२० मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...