back
CTIZAN AD

साताकाे पहिलाे काराेबार दिनमै घट्याे नेप्से

वि.सं.२०८० वैशाख १७ आइतवार

813 

shares

काठमाडाैं । साताको पहिलो कारोबार दिननै नेप्से परिसूचक घटेकाे छ । आइतबार नेप्से परिसूचक १९.११ अंक घटेर १८७०.६५ विन्दुमा झरेको छ। गत बुधबारदेखि नै नेप्से ओरालो थियाे ।

नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने बढेको छ। आइतबार ९५ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको ३२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार २१९ स्टकको शेयरमूल्य घटेको छ भने ४६ स्टकको मूल्य बढेको छ। यद्यपि, बढेका स्टकहरुको मूल्य वृद्धिदर भने कम रहेको छ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाईमूल्य सर्वाधिक ३.३३ प्रतिशत बढेको छ। त्यसैगरी, प्रभु बैंकको ऋणपत्रको मूल्य यस दिन ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ८.८९ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, तारागाउँ रिजेन्सी होटल र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

वि.सं.२०८० वैशाख १७ आइतवार १६:११ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...