काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई नयाँ ब्रोकर कम्पनीलाई आशय (एलओआई) पत्र दिएको छ । सोमबार बिहान बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैंठकले आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई लाइसेन्सको लागि आशय पत्र प्रदान गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठले बताएअनुसार मूल्यांकन सकिएका र प्रक्रिया पुरा गरेका कम्पनीले एलओआई पाएका हुन् । आवेदन दिएका अन्य कम्पनीको पनि मूल्यांकन प्रक्रिया पुरा भएपछि एलओआई पाउनेछन् । एलओआई पाएको कम्पनीले बोर्डले तोकेअनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएपछि लाइसेन्स पाउने श्रेष्ठले जनाए ।
नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिज धितोपत्र व्यापारीको एलओआई पाएको छ । त्यस्तै, मेघा स्टक मार्केटले फुल ब्रोकर लाइसेन्स पाएको छ। बाँकी सबै सीमित कार्य गर्ने कम्पनी छन्।
धितोपत्र बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्डको सूचनाअनुसार ४५ कम्पनीले आवेदन दिएका थिए ।
बोर्डको नियमावलीअनुसार सीमित कार्य गर्ने ब्रोकर कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ, पूर्ण कार्य गर्ने ६० करोड रुपैयाँ र स्टक डिलरको कारोबार गर्ने कम्पनीले डेढ अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउनुपर्ने हुन्छ ।
यी हुन् एलओआई पाएका कम्पनी

वि.सं.२०८० वैशाख १८ सोमवार १५:१७ मा प्रकाशित




























