काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने/नहुने विषयमा शुक्रबार निर्णय गर्ने बताएको छ ।
सोमबार पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले सरकारमा सहभागी हुने/नहने विषयमा आ–आफ्ना धारणा राखेको र त्यसको निर्णय शुक्रबार गरिने पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् ।
‘सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय वैशाख २२ गते हुन्छ ।’ ढकालले संचारकर्मीसँग भने ।
गत पुस १० गते बनेको नेकपा एमालेसहितको सातदलीय गठबन्धनबाट सरकारमा गएको रास्वपा माघ २३ गते सरकारबाट बाहिरीए पनि प्रधामन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिरहेको छ ।
वि.सं.२०८० वैशाख १८ सोमवार १५:१८ मा प्रकाशित






























