back
CTIZAN AD

प्रचण्डले किन बोलाए सत्ता गठबन्धनको बैठक, के छन् एजेन्डा ?

वि.सं.२०८० वैशाख २० बुधवार

801 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र पछिल्लो राजनीतिक विषयबारे चर्चा हुने उनले बताए । उनले बताएअनुसार राष्ट्रिय स्तन्त्र पार्टीको सरकारमा सहभागिताको विषयमा पनि बैठकमा छलफल हुनेछ ।

अहिले साझेदार दलहरुभित्रै सहमति नबन्दा मन्त्रिपरिषद्ले पूर्णंता पाएको छैन भने प्रधानमन्त्रीले रास्वपालाई पनि सरकारमा ल्याउन प्रयास गरिरहेका छन् । रास्वपाले यसअघि आफुले जिम्मा लिएका गृहसहितका मन्त्रालयमा दाबी गरेको छ । यस्तोमा कतिपय मन्त्रालय परिवर्तन गर्नुपर्ने वा बढाउनुपर्ने अवस्था पनि देखिएको छ ।

बताइएअनुसार प्रधानमन्त्रीले मन्त्रालय परिवर्तनलगायतको विषयमा पनि छलफल गर्नेछन् । प्रधानमन्त्रीले दलहरुबीचको छलफलपछि रास्वपालाई बोलाउले तयारी गरेको बुझिएको छ ।

वि.सं.२०८० वैशाख २० बुधवार १२:१६ मा प्रकाशित

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...