back
CTIZAN AD

किन एपीवान टेलिभिजनबाट बाहिरिए टीकाराम यात्री ?

वि.सं.२०८० वैशाख २० बुधवार

2.1K 

shares

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता टीकाराम यात्री एपीवान टेलिभिजनबाट बाहिरिएका छन् । उक्त टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका उनी बुधबारदेखि औपचारिकरुपमा बाहिरएका हुन् ।

एपीवानमा यात्रीको ‘तमसोमा ज्योतिर्गमय’ नामको कार्यक्रम निकै चर्चित छ ।

यात्रीले सामाजिक सञ्जालमार्फत आफुँले टेलिभिजन छाडेको बताएका हुन् । उनले अन्य मिडियामार्फत फेरि प्रस्तुत हुने पनि संकेत गरेका छन् ।

“आदरणीय दर्शक, आफन्त र मित्रगण ! यहाँहरूको निसर्त सद्भावका कारण एपीवान टेलिभिजनको अंकुरण, पल्लवन र पुष्पनसम्म मेरो यात्रा सबै दृष्टिले अनुपम रह्यो। परन्तु यो यात्राबाट अहिले विश्राम लिएको छु”, उनले सामाजिक सञ्जालमा भनेका छन्, “प्रधान सम्पादक र कार्यक्रम प्रस्तोताका रूपमा मेरा लागि वितेको सात वर्ष स्वर्ण वर्षका रूपमा रहे। यो यात्रामा अनवरत साथ, समर्थन, सद्भाव र सहकार्यका लागि प्रिय दर्शक, शुभचिन्तक, सहकर्मी र व्यस्थापकप्रति विशेष अनुग्रहसहितको अहोभाव। हाम्रो भेट भैरहने नै छ।”

वि.सं.२०८० वैशाख २० बुधवार १३:४७ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...