नैरोबी । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा मे ३ मा केन्याको राजधानी नैरोबीमा आयोजित उक्त रक्तदानमा एमपीशाह हस्पिटलको सहकार्य रहेको थियो । सोहि अस्पतालका अध्यक्ष र निर्देशकले रक्तदातालाई हौसला बढाउँदै एनआरएनए टिमलाई धन्यवाद समेत दिएका थिए ।
नेपालीसहित केनियन नागरिकको पनि सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए भने १३ जनाले केही कारणवश रक्तदान गर्न नमिलेको एनआरएनए केन्याका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक रवि जैनले जानकारी दिए ।
कार्यक्रममा केनियन नागरिक महिलातर्फ केन्याकी सर्वाधिक रक्तदाता आइशा दफल्लालाई प्रमुख अतिथि रहेकी थिइन् ।

सो अवसरमा उनले पनि रक्तदान गरेकी थिइन् । आइशाले हालसम्म ७३ पटक रक्तदान गरिसकेकी छन् ।
त्यसैगरी कार्यक्रममा एनआरएनए केन्याका संस्थापक अध्यक्ष कुलबहादुर कार्की, पूर्वआइसीसी सदस्य यादव काफ्ले, विग्रेडियर जनरल भोला थापा र पूर्वअध्यक्ष कृष्णदत्त भट्ट विशेष अतिथिका रुपमा रहेका थिए ।
त्यस्तै एनआरएनए केन्याका अध्यक्ष कृष्ण प्रसाद गैरे, महासचिव भरत रेग्मी, कोषाध्यक्ष रवि जैन, सदस्यहरु गीता जैन, किसन राउत, प्रिज्मा बुढाथोकीलगायतका अन्य सदस्यहरुले पनि रक्तदान गरेका थिए ।
कार्यक्रममा युवासंयोजक कमल अधिकारी, पूर्वकोषाध्यक्ष दीपक अधिकारी, सदस्यहरु कल्याणी काफ्ले, टिकानीधि पराजुली र मान बहादुर कामीको पनि उपस्थिति रहेको थियो ।
रक्तदाताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि आइशा र अध्यक्ष गैरेले प्रमाणपत्र प्रदान गरेका थिए ।
वि.सं.२०८० वैशाख २० बुधवार २०:४३ मा प्रकाशित






























