back
CTIZAN AD

सुडानमा रहेका नेपाली भन्छन्–हाम्रो उद्वारका लागि प्रधानमन्त्री समक्ष कुरा पुर्याइदिनु पर्यो

वि.सं.२०८० वैशाख २० बुधवार

1.2K 

shares

काठमाडौं । केही समयदेखि द्वन्द्व चर्किएको सुडानमा नेपालीहरु पनि मारमा परेका छन् ।

केही दिनअघि इजिप्टको कायरोमा रहेको नेपाली दूतावासको समन्वयमा त्यहाँ रहेका १९ जना नेपालीलाई उद्वार गरेर साउदी पुर्याइएपनि अझै केही नेपालीहरु उद्धारको पर्खाइमा रहेका छन् ।

हाल झापाका टिकाराम बास्कोटा, बुटवलका तुल्सीराम खनाल तथा सहदेव चौधरी, विवेक ओली, पवन कुमार, अनिल कुमार ठाकुर, रमण कुमार ठाकुर, प्रियतम राई र कुलबहादुर थापासहित नौ जना हाल पोर्ट सुडानमा उद्वारको पर्खाईमा रहेका छन् ।

उनीहरुले इजिप्टस्थित नेपाली दूतावासले साउदीस्थित नेपाली दूतावास र साउदी दूतावासले सुडानमा रहेको साउदी सरकारको दूतावासका कर्मचारीको नम्बर दिएर सम्पर्क गर्नु भनेपनि उनीहरुसँग सम्पर्क हुन नसकेको टिकाराम बास्कोटाले संसारन्युजलाई बताए ।

‘सरकारले उद्धार र सम्पर्कका लागि विभिन्न नम्बर दिएपनि ती नम्बरमा सम्पर्क गर्दा फोन उठेको छैन । म्यासेज पनि पठाएका छौं तर रिप्लाई आएको छैन,’ बास्कोटाले भने, ‘आज पनि खार्तुमबाट सरेर यहाँको एक होटलमा अस्थायीरुपमा बसेको साउदी दूतावासमा पुग्यौं । तर, भित्र जान दिँदैन । गएर एक–दुई घण्टा घाममा बाहिरै बसेर कुर्यौ भित्र जान नपाएपछि निराश भएर फर्कियौं ।’

आफूहरु कार्यरत दाल कम्पनीले आफुहरुलाई अहिलेसम्म सुरक्षित रुपमा त्यहाँ राखे पनि भोली के हुने हो भन्ने डर लागिरहेको बास्कोटाले बताए ।

उनले उद्धारका लागि त्यहाँस्थित भारतीय दूतावासको क्याम्पमा गएर कुरा गरेपनि उनीहरुले पहिले आफ्ना नागरिकको उद्दार गरेर मात्र अन्य देशका नागरिकको उद्दार गर्ने जवाफ दिएको बताए ।

‘हामीले यहाँस्थित भारतीय दूतावासँग पनि सम्पर्क गरेर उद्धारका लागि अनुरोध गरेका थियौं । तर, उनीहरुले बंगलादेश र श्रीलंकाका नागरिकलाई प्राथमिकता दिएपनि हामीलाई भने आफ्नो देशको नागरिकको उद्वार गरेर मात्र आफुहरुलाई उद्धार गर्ने बचन दिएका छन् । तर, त्यो स्योर छैन । हामी कतैबाट पनि ढुक्क हुन सकेनौं ।’ बास्कोटाले भने ।

बस्कोटासँग सँगै रहेका बुटवलका तुल्सीराम खनालले पनि आफुहरुको उद्दारका लागि छिटो पहल गरिदिन अनुरोध गरे । ६ महिना अगाडि मात्र सुडान पुगेका उनी आफुहरुको उद्धार कहिल र कस्ले गर्ने भन्नेमा चिन्तित छन् ।

‘प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीसँग भनेर हुन्छ कि, परराष्ट्रमार्फत् हुन्छ हाम्रो उद्धारको पहल गरिदिनका लागि कुरा पुर्याइदिनुपर्यो । अहिलेसम्म सुरक्षित भएपनि द्वन्द्वका कारण भोली के हुनेहो हामी डराइरहेका छौं ,’ उनले भने ‘हामी यहाँबाट पानी जहाज वा हवाईमार्ग भएर साउदीको जेद्वा पुग्ने हो । तर उद्वार कसरी हुने हो भन्ने थाहा छैन । बरु भारत सरकारले हाम्रो उद्धार गरिदिएमा भारतबाट नेपाल फर्किन सहज हुनेथियो ।’

 

वि.सं.२०८० वैशाख २० बुधवार १७:५२ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...