back
CTIZAN AD

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझीलाई काठमाडौं ल्याइदैंं

वि.सं.२०८० वैशाख २१ बिहीवार

885 

shares

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदै छ ।

बुधबार बुटवलबाट पक्राउ परेका उनलाई बुद्व एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको बताइएको छ ।

उनलाई आज काठमाडौं ल्याउनका लागि बिहा ७ बजे नै भैरहवा विमानस्थलमा लगिएको र मौसमका कारण जहाज समयमै उड्न नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले जानकारी दिएका छन् ।

सन्दीप नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीका छोरा हुन् । उनीमाथि २०७७ सालमा झण्डै ८ सय बढी नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजान लागेको प्रकरणमा संलग्न रहेको आरोप लागेको छ । सोहि आरोपमा सचिव टोप बहादुर रायमाझीलाई पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

सन्दीपसँगै यसअघि उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राई र शन्देश शर्मा, लाई पक्राउ गरिएको थियो । प्रहरीले उक्त प्रकरणमा बुधबारै पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।

एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी

वि.सं.२०८० वैशाख २१ बिहीवार ०८:४० मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...