back
CTIZAN AD

सक्रिय बन्दै बीमा प्राधिकरण, पाँचथरमा बीमा सचेतनामूलक कार्यक्रम

वि.सं.२०८० वैशाख २१ बिहीवार

810 

shares

पाँचथर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा जिल्लाको याङवरक गाउँपालिकामा बुधबार(हिजो) बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सचेतना कार्यक्रममा प्रमुख अतिथि याङवरक गाउँपालिकाका अध्यक्ष भीम बहादुर योङ्याले गाउँपालिकाको आगामी बजेटमा बीमालाई समावेश गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेयाङवोले बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गरी बीमाको महत्वका बारेमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे ।

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख कुन्दन सापकोटाले बीमा सम्बन्धी समग्र विषयमा जानकारी दिंदैै बीमा सम्बन्धी कुनै गुनासा भए प्राधिकरणलाई जानकारी दिन आग्रह गरेकाछन् ।

उक्त कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुका कार्यालय नहुँदा कृषिबीमा गर्न नपाएको, बीमा दाबी भुक्तानीमा समस्या रहेको, बीमा कम्पनीहरु गाउँमा नआएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा याङवरक गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यकारी सदस्य तथा कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधि, अगुवा कृषकहरु लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०८० वैशाख २१ बिहीवार १३:१६ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...