काठमाडौं । संखुवासभामा समान बोकेर गएको सिम्रिक एयरको जहाज दुर्घटना हँुदा पाइलटसहित दुईजना गम्भीर घाईते भएका छन् ।
काठमाडौंबाट अरुण तेस्रोको सामान बोकेर गइरहेको उक्त जहाज संखुवासभाको भोटेखोलामा दुर्घटना हुँदा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएका छन् ।
अरुण हाइड्रोको सामान बोकेर गइरहेको उक्त हेलिकप्टर दुर्घटनामा गम्भीर घाईते पाइलट पौडेललाई सिम्रिक एयरकै जहाज र भविन गुरुङलाई नेपाली सेनाको हेलिकप्टरमा राखेर उपचारका लागि काठमाडौं पठाइएको डिएसपी गोदारले जानकारी दिएका छन् ।
दुवैजनालाई नेपाली सेना र सिम्रक एयरकै हेलिकप्टरमा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ । उहाँहरुको दुवैको टाउँकोमा गम्भीर चोट लागेको छ ।’ गोदारले संसारन्युजसँग भने ।
प्रारम्भिक अनुसन्धानमा हेलिकप्टरको पंखा भित्तामा ठोक्किएका कारण दुर्घटना भएको बताइएको छ । हेलकप्टरमा सवार स्थानीय छिरीङ भोटे भने सकुसल रहेको बताइएको छ ।तस्बिर : वाङ भोटे
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
वि.सं.२०८० वैशाख २२ शुक्रवार १४:४३ मा प्रकाशित






























