back
CTIZAN AD

नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब

वि.सं.२०८० वैशाख २२ शुक्रवार

1.3K 

shares

काठमाडौं । नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्बको हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तरगत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्बजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७९/८० मा कूल ग्राहस्थ उत्पादन १.८६ प्रतिशतले बृद्धि भई नेपालको अर्थतन्त्रको आकार बढ्ने जनाएको हो ।

नेपालको हालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्बको रहेको छ ।

कार्यालयका अनुसार कोभिड–१९ को असर नभए पनि विभिन्न अन्तराष्ट्रिय कारणले संसारभरिको आपूर्ती श्रृंखला प्रभावित हुँदाको सोझो असर मूल्य बृद्धिको रुपमा हाम्रो अर्थतन्त्रमा पनि परेको छ ।

आर्थिक बृद्धि ऋणात्मक हुने

आधार मूल्यमा नेपालको आर्थिक बृद्धि खुम्चिने देखिएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा ५.१६ प्रतिशत हुने संशोधित अनुमान र अघिल्लो आ.व.२०७७/७८ मा ४.४९ प्रतिशत हुने अन्तिम अनुमानका बिच चालु आर्थिक वर्षको छदेखि नौ महिनाका आर्थिक गतिविधिहरुका आधारमा हेर्दा आधारभूत मूल्यमा नेपालको आर्थिक बृद्धि २.१६ प्रतिशत हुने अनुमान गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।

अहिलेको प्रारम्भिक अनुमानलाई आधार मान्दा आर्थिक वर्ष २०७८/७९ भन्दा चालु आर्थिक वर्षको आर्थिक बृद्धि ३.१ प्रतिशतले ऋणात्मक हुने देखिएको छ भने आर्थिक वर्ष २०७७/७८ को भन्दा २.३३ प्रतिशतले ऋणात्मक हुने देखिएको छ ।

चालु आर्थिक वर्षमा बृहत् औद्योगिक समूहअनुसार प्राथमिक, द्वितीय र सेवा क्षेत्र अनुसार समूह विभाजन गरि गरिएको विश्लेषणअनुसार कूल ग्राहस्थ उत्पादमा सेवा क्षेत्रको योगदान केही बढेको तथा प्राथमिक र द्वितीय क्षेत्रको योगदान गत आर्थिक वर्षहरुको तुलनामा केही बढेको देखिएको छ । अर्थविद्हरुका अनुसार विकशित देशहरुमा मात्र कूल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको महत्वपूर्ण हुने गर्दछ । नेपाल जस्तो देशमा कूल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान महत्वपूर्ण हुनु चिन्तको विषय हो ।

क्षेत्रगत आधारमा कूल ग्राहस्थ उत्पादनमा योगदान

अहिलेको नेपालको अर्थतन्त्रमा प्राथमिक क्षेत्र (कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्रहरु) ले कूल ग्राहस्थ उत्पादनमा २४.६ प्रतिशतको योगदान रहने प्रारम्भिक अनुमान गरिएको कार्यालयले जनाएको छ । यो योगदान गत आर्थिक वर्ष २०७८/७९ को भन्दा स्थिर मूल्यमा २.६९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि भएता पनि हिउदे बालीलगायत दूध,अण्डा तथा मासुको उत्पादनमा भएको ह्रासले यस क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसकेको कार्यालयको ठहर छ ।

त्यस्तै, द्वितीय क्षेत्र (उद्योग, विद्युत, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापहरू र निर्माण क्षेत्र) ले कूल ग्राहस्थ उत्पादनमा १२.९ प्रतिशत योगदान गर्ने प्रारम्भिक अनुमान गरिएको छ । यो गत आर्थिक वर्ष २०७८/७९ को भन्दा स्थिर मूल्यमा ०.५६ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको कार्यालयले जनाएको छ ।

यो वर्ष उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटको कारणले गर्दा यस क्षेत्रको योगदान गत आ।व।को तुलनामा कमि आएको छ ।

अर्कोतर्फ, सेवा क्षेत्र (थोक तथा खुद्रा व्यापार, अवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार वित्तीय तथा बीमा क्षेत्र, घरजग्गा कारोवार, पेशागत तथा प्रशासिनक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू) ले कूल ग्राहस्थ उत्पादनमा ६२.४ प्रतिशत योगदान गर्ने प्रारम्भिक अनुमान गरिएको छ । यो गत आर्थिक वर्ष २०७८/७९ को भन्दा स्थिर मूल्यमा २.३३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको कार्यालयले जनाएको छ ।

आयात तथा आन्तरिक औद्योगिक उत्पादनहरुमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धि दर रहेको र यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिको भएका कारण यस क्षेत्रको योगदान गत आ।व।को तुलनामा कमि आएको तथ्याङ्क कार्यालयको ठहर छ ।

वि.सं.२०८० वैशाख २२ शुक्रवार १६:४१ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...