back
CTIZAN AD

के तपाई धुम्रपान गर्नुहुन्छ ? के तपाईलाई धुम्रपानको असर थाहा छ ? हेर्नुहोस् यस्तो असर गर्दछ …

वि.सं.२०८० वैशाख २२ शुक्रवार

978 

shares

काठमाडौँ । विश्वका अधिकांश मानिसहरु चुरोट, बिडी लगायत सेवन गर्छन् । यो उनीहरुका लागि अम्मल जस्तै पनि बनेको छ । त्यसले कसैको जीवन नै सक्दा पनि त्यसको लतबाट टाढा हुन चाहादैनन् वा सक्तैनन् ।

चुरोट, विडी लगायत सेवन गर्नु आफ्ुना लागि घातक हुन्छ भन्ने थाहा हुँदाहुदै पनि उनीहरुले त्यसलाई छाड्न सक्तैनन् । कतिपयले चुरोटलाई आफ्नो जीवन नै बनाएको पाइएको छ भने कतिपयले रहर र फेसनको रुपमा सेवन गरिरहेको पाइन्छ । यसले अझ युवाहरु माझ लोकप्रियता कमाइरहेको छ । उनीहरुबीच दिनभरीमा ८–१० खिल्ली चुरोट र ४–५ कप चिया नै दैनिकी बनिरहेको छ । नेपालमा पछिल्लोपटकको तथ्यांकले युवाहरुबीच चुरोटको सेवन अत्यधिक भइरहेको देखाएको छ ।

अझै केहीले त यसलाई तनाब विर्साउने औषधिको रुपमा समेत प्रयोग गरेको पाइन्छ । नेपाली समाजमा उमेर कटेका भन्दा पनि यूवा अवस्थामा टेकेका युवाकहरुको हातमा बढी चुरोट देखिदा समाज र देशका लागि त्यो चिन्ताको विषय समेत बनेको छ ।

कस्तो असर पर्छ त चुरोट लगायत सेवन गर्दा ?

१ -धुम्रपान गर्नेहरूलाई हृदय रोग, स्ट्रोक र फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ

२ -धुम्रपान गर्ने व्याक्तिहरुको आँखा धुम्रपान नगर्ने मानिसको भन्दा २ देखि ३ गुण बढी मोतिविन्दु हुने सम्भावना हुन्छ ।
३- धुम्रपानले रोगसँग लड्ने क्षमता कम गाराउदै जान्छ ।

४ -धुम्रपान गर्ने व्यक्तिलाई अन्य व्यक्तिको तुलनामा बढी ग्यास्ट्रिक हुने सम्भावाना हुन्छ ।

५ -धुम्रपानले पेट खाली गर्न ढिलो हुने र पेरिस्टालिसिस (peristalsis) सुस्त हुन सक्छ ।

६- घुम्रपानले मानिको छालामा पनि समस्या ल्याउछ ।

७- चुरो खाने मान्छेलाई मात्र असर गर्दैन । त्यसको धुवाले नजिकै बसेका परिवार, दाई भाई , दिदी बहिनी, साथीहरुलाई पनि ठुलो असर गर्दछ ।

८ -निकोटिनले रक्तचाप र मुटुको धड्कन बढाउछ जस्ले गर्दा केन्द्रिय स्नायू प्रणालीमा धेरै मात्रमा असर पुग्दछ ।

९ -धुमपानले यैन हर्मोनको स्तर कम गराउछ जस्ले गर्दा यौन चाहना कम हुन्छ ।

१०- धुमपानले कपाल झार्न पनि ठूलो सहयोग गर्दछ ।

वि.सं.२०८० वैशाख २२ शुक्रवार १६:४० मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...