काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ ।
उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकले अन्नपूर्ण केबलकारमा २५ प्रतिशतसम्म आकर्षक छुट पाउने बताइएको छ ।
यस्तै, पोखरास्थित सिटिजन्स बैंकका शाखाहरूमा नयाँ खाता खोल्ने ग्राहकका लागि अन्नपूर्ण केबलकारको टिकट निःशुल्क उपलब्ध हुने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
वि.सं.२०८० वैशाख २६ मंगलवार ०८:४१ मा प्रकाशित






























