back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकका उत्कृष्ट कर्मचारीलाई नगदसहित पुरस्कार वितरण

वि.सं.२०८० वैशाख २६ मंगलवार

810 

shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार प्रदान गरेको छ । बैंकको ५८औँ वाषिकोत्सवको अवसरमा गत माघ १० गते घोषणा गरिएका आ.व. २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरेको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा सर्वोत्कृष्ट कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ट बैंक पुरस्कार आ.व. २०७८/०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आ.व. २०७७/०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट कार्य सम्पादन गरे वापत आ.व. २०७८/०७९ मा अन्य ३३ जना र आ.व. २०७७/०७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद २० हजार रुपैंयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा शाखा कार्यालयहरु मध्ये प्रथम हुने आ.व. २०७८/०७९ मा शाखा कार्यालय बिराटनगर र आ.व. २०७७/०७८ शाखा कार्यालय सुर्यविनायकलाई प्रति शाखा नगद ५० हजार सहित प्रमाणपत्र प्रदान गरियो ।

त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने आ.व. २०७८/०७९ मा १७ वटा शाखा र आ.व. २०७७/०७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद १० हजार देखि ३० हजार सम्म र प्रमाणपत्र प्रदान गरियो । साथै, कार्यक्रममा कर्मचारीहरुलाई बरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा कर्मचारीहरुले दक्षतापूर्णरुपले कार्य गर्नुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र दुर्गा कुमारी कँडेल, रा.वा. बैंक कर्मचारी संघ नेपालका बरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष इश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका उपाध्यक्ष जितेन्द्र राई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।

वि.सं.२०८० वैशाख २६ मंगलवार ०८:४९ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...