back
CTIZAN AD

नेपाल बैंककाे २२८औं शाखा गोंगबुमा

वि.सं.२०८० वैशाख २६ मंगलवार

1.1K 

shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं टोखा नगरपालिका- ९, गोंगबुमा २२८औं शाखा कार्यालय स्थापना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरुको धेरै पहिले देखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा खोलिएको र टोखा नगरबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने सहज हुने बताए ।

नेपालको पहिलो बैंकको रुपमा आफुले अनुभव गरेको र बैंकलाई वडाको तर्फबाट सम्पुर्ण सहयोग रहने तथा आगामी दिनमा शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा स्थानीय शान्ति टोल सुधार समितिका अध्यक्ष गोविन्द प्रसाद पाठक, विनायक अस्पतालका अध्यक्ष केपी लामिछाने तथा काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष ध्रुव बहादुर कार्कीले बैंकले गोंगबु क्षेत्रमा शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै बैंक तथा व्यवसायीको आपसी सहकार्य अपरिहार्य रहेको र बैंकसँग सम्बन्ध विस्तर तथा सहकार्यका र सहयोगका लागि तयार रहेको धारणा गरेका थिए ।

शाखाका शाखा प्रवन्धक दिपा खड्का, विश्वराज बराल, प्रकाश कुमार अधिकारी, लेखनाथ भुषाल, दोर्जी शेर्पा, बाबुराम काफ्ले तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधरण नागरिकहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०८० वैशाख २६ मंगलवार ११:३० मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...