back
CTIZAN AD

सांसद पदम गिरिलाई पर्वत फलेवासका रामकृष्ण शर्माको खुलापत्र

वि.सं.२०८० वैशाख २६ मंगलवार

1.4K 

shares

काठमाडौं । पर्वतका युवा रामकृष्ण शर्माले सांसद पदम गिरीलाई खुला पत्र लेखेका छन् ।

देशका नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै सचिव टोप बहादुर रायमाझी समेत मुछिएको र उनलाई पक्राउ पुर्जी समेत जारी गरिएको अवस्थामा एमालेले त्यसमा उदासीनता देखाउँदै उल्टै संसदमा प्रश्न समेत उठाएको अवस्थामा शर्माले गिरीलाई सम्बोधन गर्दै यस्तो पत्र लेखेका हुन् ।

यस्तो छ शर्माको पत्र

माननीय पदम गिरि ज्यू
अभिवादन ।
आराम रहि आराम चाहन्छु ।
आज लामो समय पछि पर्बतको सबैभन्दा लोकप्रिय जनप्रतिनिधिको रुपमा तपाईंलाई केही गुनासा सहित खुला पत्र लेख्न अनुमति चाहन्छु ।

माननीयज्यू, मुलुकमा अहिले संघीय गणतन्त्र छ, यसको लागि हजारौं हजारौं नेपाली आमाका छोराछोरीहरुको बलिदानी भएको छ । धेरै रगत बगेको छ ।

मुलुकमा जनयुद्ध भयो । जनआन्दोलन भयो । मधेस आन्दोलन भयो । झण्डै अढाई सय बर्षको लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य भयो । यो इतिहास मलाई भन्दा बढी हजुरलाई नै जानकारी छ ।

माननीयज्यू, जनयुद्ध र जनआन्दोलनको बलमा मुलुकमा गणतन्त्र त आयो तर कमरेड मदन भण्डारीले भनेझैं एउटा राजा फाल्दैमा सामन्तवाद कायम रहेसम्म जनताको लागि वास्तविक गणतन्त्र आउने रहेनछ ।

अहिले एउटा राजाको ठाउँमा हजारौं छोटे राजा महाराजाहरु जन्मिएका छन् र जनताको पसिना माथि मात्र होइन रगत माथि नै होली खेलिरहेका छन् ।

माननीयज्यू, म मुख्य बिषयमा प्रवेश गर्न चाहन्छु ।
केही दिन अगाडि देखि नेपाल सरकारले एउटा ठुलो काण्ड / अपराधको बारे छानबिन गरिरहेको कुरा तपाई हामी सबैले देखेका छौ । सत्तालाई नै प्रयोग गरि नक्कली भुटानी शरणार्थी खडा गरी लाखौंलाख रुपैया लिई मानव तस्करहरुले नेपाली नागरिकहरुलाई अमेरिका बेचेको कुरा स्पष्ट भइसकेको छ । यसमा राज्य सत्तालाई दुरुपयोग गरिएको कुरा स्पष्ट भइसकेको छ र अहिलेको सरकारले अनुसन्धान गरि कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ ।

माननीयज्यू, यसै बिषयमा यहाँले संसदको बैठकमा बिचार राखेको देखियो, सुनियो पनि । यहाँले बिचार राखेसँगै अन्तर मनमा केही जिज्ञासाहरु उत्पन्न भएका छन् ।

यहाँले संसदमा फिलिम हेर्न टिकट काटेर बसेको बताउनु भएको छ । हजुरलाई हजारौं पर्बतेली आमा बुबा तथा युवाहरुले बहुमतले विजयी गराएर आफ्नो जनप्रतिनिधिको रुपमा पठाएका हुन् । संसदमा दह्रोसँग राष्ट्र र राष्ट्रियताको पक्षमा बिचार राख्न भनेर । संसदमा फिलिम हेर्न पठाएका होइनन् । संसद फिलिम हेर्ने ठाउँ होइन र फिलिम सुटिङ गर्ने ठाउँ पनि होइन ।

अहिले नक्कली भुटानी शरणार्थी खडा गरि मानव तस्करी गरिएको छ । ती सबै अपराधी तथा मानव तस्करहरु माथि अनुसन्धान गरि कडा कारबाही हुनुपर्छ ।

माननीयज्यू, अपराधीहरुको कुनै पनि जात हुदैन र राजनीतिक संगठन पनि । अपराधी अपराधी नै हुन जुनसुकै राजनीतिक दलको आवरणमा रहेका भए पनि । यहाँले संसदमा उठाएको कुरा जायज छ तर यसको अर्थ सबै काण्डहरुको एकैपटक छानबिन गर भन्नु उचित हुदैन । सयौं काण्डहरुको एकैपटक अनुसन्धान हुन के संभव छ त ? एउटा भ्रष्टाचार तथा घटनाको छानबिन पछि अर्कोमा जानुपर्ने होइन र ? फिलिमकै कुरा गर्ने हो भनेपनि एउटा हलमा एकपटक एउटा मात्र फिलिम सो हुने गर्छ । संसारमा नै सायद छैनन् एक पटकमा सयौं फिलिमहरु एकैपटक एउटै हलमा रिलिज हुने ।

एउटा फिलिम प्रदर्शन भएर सकिएपछि मात्र अर्को फिलिम शुरुआत हुन्छ ।

माननीयज्यू, हजुरकै भाषामा भन्नु पर्दा अहिले संसदहलमा मानव तस्करहरुबाट छायांकन गरिएको नक्कली भुटानी शरणार्थी फिलिम लागेको छ । संसदमा मात्रै होइन बाहिर पनि आम नागरिकहरुले गम्भीर रुपमा फिलिम हेरिरहेका छन् ।
हिरो अहिलेसम्म देखा परिसकेको छैन, सायद हिरोको रोल पछाडि अन्त्य तिर आउला र सबै नेपाली जनताले देखौला । माननीयज्यू, त्यो हिरोलाई नेपाली जनताले गरिमामय संसदमा देख्न चाहेका छैनन् । कारागारमा थुनिएको हेर्न चाहेका छन् । यसको लागि सम्पुर्ण पर्बतेली आमा बुबा दाजुभाइ दिदिबहिनीहरुको तर्फबाट तपाईंलाई प्रतिनिधिको रुपमा पठाएका छन् । तपाईंको र तपाईंको पार्टीको भुमरीमा अझ बढी छ ती मानव तस्करहरुलाई पत्ता लगाई कारबाही गराउन ।

माननीय ज्यू, एक पटकमा एउटा चुलोमा एउटा मात्र खाना पाक्न सक्छ, कुकलाई एकैपटक सयौं खाना पकाउ भन्ने हो भने सायद त्यो कुक खाना पकाउन छाडेर भाग्न सक्छ वा उ अन्योलमा पुग्छ कि पहिला चुलोमा कुन खाना पकाउने भनेर । त्यसकारण अहिले नक्कली भुटानी शरणार्थी काण्डलाई छानबिन गरि दोषी पत्ता लगाई कारबाही गराउन तिर हजुर र हजुरको पार्टी नेकपा एमाले लागेको हेर्न हामी सबैलाई मन छ । हजुर पर्बतको जनप्रतिनिधि मात्र होइन, सिङ्गो प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक पनि हुनुहुन्छ ।

त्यसपछि हजुर भनेझैं अर्को काण्डका फाइल खोल्ने अनुसन्धान गर्ने वातावरण बनाउनुपर्छ ।

हामीलाई लाग्छ चाहे त्यो बालुवाटार जग्गा काण्ड होस्, चाहे एनसेल काण्ड होस्, चाहे बुढी गण्डकी काण्ड होस् जुनसुकै भ्रष्टाचार काण्डको अनुसन्धान हुनैपर्छ ।

माननीयज्यू, यी माथि उल्लेखित कुरा कुनै आवेगमा आएर भनेको होइन, तपाईंको मान गिराउन भनेको पनि होइन, हामी सबै पर्बतेली आमा बुबाहरुको शिर ठाडो गराउन भनेको हुँ । तपाईं प्रति उच्च संमान पनि छ अनि साथ पनि । अनि सबैको आशा पनि छ । अनि सबैको बिश्वास पनि छ ।

माननीयज्यू, यो पत्र सबै पर्बतेलीहरुको तर्फबाट तपाईलाई समर्पण गर्न चाहन्छु । भोलिका दिनमा तपाईंले संसदमा खेल्ने भुमिका प्रति गर्ब गर्न पाइने छ ।

उहीँ तपाईंको शुभचिन्तक
रामकृष्ण शर्मा
पर्बत कुर्घा, हाल बुटवल

 

वि.सं.२०८० वैशाख २६ मंगलवार १३:५९ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...