back
CTIZAN AD

आरजुलाई तोसिमाको प्रश्न–माननीयज्यू, भ्रष्टाचारमा लिंग कहाँ जोडिएको छ ?

वि.सं.२०८० वैशाख २६ मंगलवार

867 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भनेर प्रश्न गरेकी छन् ।

डा. कार्कीले मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस नेतृ आरजु राणा देउवाप्रति इगित गर्दै यस्तो भनेकी हुन् ।
‘एक महिला माननीय सांसदज्यूले भन्नु भयो, टेप काण्डको अनुसन्धान महिला बिद्रोह भयो, महिला हिंसा भयो, मलाई उत्तर दिनुपर्यो, भ्रष्टाचारमा कहाँनेर लिंग जोडिएको हुन्छ,’ डा. कार्कीले भनिन्, ‘भ्रष्टाचार मात्र नभएर यहाँ चिनारी फेरेर राष्ट्रघात भएको र अपराध भएको छ कारबाही हुनुपर्छ ।’

केही दिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा टेप काण्डको अनुसन्धान माग गर्दा देउवाले महिलामाथि हिंसा भएको बताएकी थिइन् ।

के भनेकी थिइन् देउवाले ?
‘भ्रष्टाचारको कुरामा हामी साच्चिकै कति सिरियस छौं भन्ने मेरो ठुलो प्रश्न छ । म नभएको दिनमा मेरो नाम इंगित गरेर अनेकथरी प्रश्नहरु उठेको छ । आज पनि उठेको मैले पाएको छ,’ नेतृ राणाले भनेकी थिइन्, ‘एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्रय हुँदो रहेनछ । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नु पर्ने । उनीहरुले बोलेको भाष्य बोल्नुपर्ने, उनीहरुले मात्र हामीले एक्सरसाइज गर्नुपर्ने, त्यो भन्दा अलिकति पब्लिक लाइफमा आयो भने पुरुषहरुलाई असहै्रय हुने परिस्थिति बनेको छ । यो नेपालमा मात्र नभएर अन्तरष्ट्रियरुपमा छ । त्यसको विरोधमा हामीले संविधान लेखेको हो । जसले जति क्रिटिसाइज गरेपनि मैले विराएको छैन म डराउँदिन ।’

वि.सं.२०८० वैशाख २६ मंगलवार १३:२६ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...