back
CTIZAN AD

मानिस किन नङ टोक्छन् ?

वि.सं.२०८० वैशाख २६ मंगलवार

1.3K 

shares

कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । जसको कारण कतिपय ठाउँमा उनीहरु घृणाको समेत पात्र बन्दछन् । तर, हामी सोंच्नुपर्ने विषय किन उनीहरुमा नङ टोक्ने आदत छ ?

यसबारे मनोविज्ञहरु आ–आफ्ना तर्क गर्छन्। एक विज्ञका अनुसार मानिसले आफुँमा अत्याधिक नकारात्मक सोंच आउँदा यस्ता गतिविधि गर्दछन् । तनाव र चिन्तालाई व्यवस्थापन गर्ने विषयमा उनीहरुलाई यो सबैभन्दा उत्तम उपाय पनि देखिएको छ । विज्ञहरु यसलाई त्यति धेरै नकारात्मकरुपमा लिन नहुने तर्क गर्दछन् ।

मानिसमा विभिन्न खालका बानी हुन्छन् । रौं तान्ने, नाक कोट्याउने, औंला टोक्नेलगायतका बानी व्यक्तिअनुसार देखिन्छ ।

संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन्। मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन्। यो एक प्रवृत्ति मात्र हो। नङ टोक्नु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म टोक्ने बानी बस्छ।

नङ टोक्ने मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ। मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन्। अनि टोक्दा नङको मूल आकार पनि बिग्रन्छ।

खासमा नङ टोक्नु व्यक्तित्वको अस्थिरताको संकेत पनि हो। कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा मानिसहरू रनभुल्लमा परेर नङ टोक्छन् । यसो गरेर उनीहरू आफ्नो रिस उतार्छन्।

नङ टोक्ने मानिसहरू अतिवादको शिकार हुन्छन्। अत्यधिक महत्त्वाकांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मानिसले नङ टोक्नछन्। तथ्यअनुसार नङ टोक्ने बानी सबैभन्दा बढी प्रभावित १४ देखि २५ वर्षका युवा हुन्। यसमा ३४ प्रतिशत महिला छन् भने ६६ प्रतिशत पुरुष पर्छन्। एजेन्सी

वि.सं.२०८० वैशाख २६ मंगलवार १२:४८ मा प्रकाशित

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...