Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

मानिस किन नङ टोक्छन् ?



कतिपय मानिसको नङ टोक्ने बानी हुन्छ । जसको कारण कतिपय ठाउँमा उनीहरु घृणाको समेत पात्र बन्दछन् । तर, हामी सोंच्नुपर्ने विषय किन उनीहरुमा नङ टोक्ने आदत छ ?

यसबारे मनोविज्ञहरु आ–आफ्ना तर्क गर्छन्। एक विज्ञका अनुसार मानिसले आफुँमा अत्याधिक नकारात्मक सोंच आउँदा यस्ता गतिविधि गर्दछन् । तनाव र चिन्तालाई व्यवस्थापन गर्ने विषयमा उनीहरुलाई यो सबैभन्दा उत्तम उपाय पनि देखिएको छ । विज्ञहरु यसलाई त्यति धेरै नकारात्मकरुपमा लिन नहुने तर्क गर्दछन् ।

मानिसमा विभिन्न खालका बानी हुन्छन् । रौं तान्ने, नाक कोट्याउने, औंला टोक्नेलगायतका बानी व्यक्तिअनुसार देखिन्छ ।

संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन्। मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन्। यो एक प्रवृत्ति मात्र हो। नङ टोक्नु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म टोक्ने बानी बस्छ।

नङ टोक्ने मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ। मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन्। अनि टोक्दा नङको मूल आकार पनि बिग्रन्छ।

खासमा नङ टोक्नु व्यक्तित्वको अस्थिरताको संकेत पनि हो। कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा मानिसहरू रनभुल्लमा परेर नङ टोक्छन् । यसो गरेर उनीहरू आफ्नो रिस उतार्छन्।

नङ टोक्ने मानिसहरू अतिवादको शिकार हुन्छन्। अत्यधिक महत्त्वाकांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मानिसले नङ टोक्नछन्। तथ्यअनुसार नङ टोक्ने बानी सबैभन्दा बढी प्रभावित १४ देखि २५ वर्षका युवा हुन्। यसमा ३४ प्रतिशत महिला छन् भने ६६ प्रतिशत पुरुष पर्छन्। एजेन्सी


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।