
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले फाइल मात्र होइन भ्रष्टाचार विरुद्ध फायरै खोल्नुपर्ने बताएका छन् ।
महामन्त्री शर्माले मंगलबारको संसद बैठकमा बोल्दै सरकारले दोषी कसैलाई पनि छोड्न नहुने र निर्दोष कोही फस्न नहुने बताएका छन् ।
‘भुटानी शरणार्थीका सन्दर्भमा जुन फाइल खोलिएको छ । यसलाई सरकारले निष्कर्षमा पुर्याउनु पर्छ भन्ने कुरा अपिल गर्न चाहान्छु,’ सांसद शर्माले भने, ‘भ्रष्टाचारको बिरुद्ध फाइल मात्र होइन, मलाई लाग्छ । राज्यले फायर खोल्नुपर्छ । सँगै निर्दोष कोही फस्न हुन्न र दोषी कोही बच्न हुन्न ।’
उनले सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनमा भ्रष्टारको छानविनका लागि पाँचवर्षको हदम्यादको प्रस्ताव विरोधाभासपूर्ण रहेको समेत बताए ।
‘त्यसैले म अपिल र आग्रह गर्न चाहान्छु, कुनै इफ बट, कुनै किन्तु परन्तु नगरीकन भ्रष्टाचारको छानविनका सन्दर्भमा राज्यले कठोरतापूर्वका जानका लागि कुनैपनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ यो राख्नेसँग कुन सहमत हुन सक्तैन ।’ उनले भने ।