काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जी.सीद्वारा जारी विज्ञिप्तिमा सो प्रतिबद्धता जनाइएको हो ।
‘हालका दिनहरुमा कतिपय अनलाइन संचारमाध्यम तथा सामाजिक संजालमा प्रहरीबाट भइरहेको अनुसन्धानका क्रममा रहेको भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको सन्दर्भमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्नसक्ने भएकाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।
वि.सं.२०८० वैशाख २७ बुधवार १४:५६ मा प्रकाशित






























