back
CTIZAN AD

विदेश छोडेर गाई गोठ रोजेका पर्वतका तिमिल्सिनाको महिनामै लाखौ आम्दानी

वि.सं.२०८० वैशाख २७ बुधवार

843 

shares

पर्वत । स्वदेशमा रोजगारीको अभाव र लगानी गर्ने वातावरण नभएको दैनिक हजाराँै युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

पर्वतको मोदी गाउँपालिका–२, देउपुरका ३८ वर्षीय युवा बेदप्रसाद तिमिल्सिनाले गाउँमै दूध उत्पादन गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । तिमिल्सिनाले सञ्चालन गरेको प्रगति उन्नत गार्ई फर्मबाट कृषिमै युवाहरुका लागि राम्रो भविष्य छ भन्ने कुरा प्रमाणितसमेत गरेका छन् । २०७१ सालमा पोखराको बागमाराबाट दुई गाई ल्याएर व्यावसायिक गाईपालन सुरु गरेका उनको फर्ममा यतिबेला २२ उन्नत गाई छन् । अहिले दैनिक बिहान–बेलुकी गरेर एक सय ८० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको उनले बताए ।

विज्ञान विषयमा स्नातक गरेका उनले अन्य पेसा व्यवसायहरु गर्न छोडेर गाईपालन सुरु गर्नुको विगत भने निकै मर्मस्पर्शी छ । पोखरामा व्यापार–व्यवसाय गरेर दैनिक गुजारा चलाउँदै आएका किसान तिमिल्सिनाको परिवारमा बुबालाई घाँटीको क्यान्सर रोगले समातेपछि ठूलो रकम खर्चिनु परेपछि उनले पोखरामा रहेको कपडा पसल र घडेरीसमेत बिक्री गरेर गाउँ फर्किएका हुन् । उपचारकै क्रममा बुबाको मृत्यु भएको थियो ।

गाउँमै केही गर्छु भन्ने उद्देश्यका साथ उनले कुखुरा पालन, बोलेरो गाडी किनेर गाउँकै सडकमा गुडाउने लगायतका काम गरे पनि सफल हुन नसकेपछि उनी गाउँकै बोर्डिङ स्कुलमा शिक्षकसमेत बने । सोही क्रममा घरमा दुईवटा गाई पालेर दूधसमेत बेच्न थालेका तिमिल्सिनाले दिउँसो बोर्डिङ स्कुलमा पढाउने र बिहान–बेलुका गाईको स्याहारसुसार गर्न थाले । उनी आफँै दूधका क्यान बोकेर पातिचौरमा रहेको डेरीसम्म पुग्न थाले । शिक्षकले दूध बोकेको, दाना ओसारेको देख्दा उनका विद्यार्थी र सहकर्मी शिक्षकहरुसमेत अचम्म मान्थे ।

लथालिङ्ग भएको आर्थिक अवस्थालाई सम्हाल्न निकै कठिन सङ्घर्ष गर्नु परेको उनले बताए । नेपाल सरकारको प्याक्ट कार्यक्रमअन्तर्गत रु १० लाख बराबरको अनुदान प्राप्त भएपछि व्यवसायमा थप हौसला मिलेको उनले बताए ।

तिमिल्सिनाको फर्ममा अहिले ६ जनाले रोजगारीसमेत पाएका छन् । पढेलेखेको छोराले जागिर खाला वा अन्य केही व्यापार–व्यवसाय गर्ला भन्ने सोच राखेकी उनकी वृद्ध आमाको आँेठमा यतिबेला गाईपालनले नै खुसी ल्याइदिएको छ । आफ्नी आमा, श्रीमती, छोरालगायत परिवारका सदस्यहरुको सहयोगमा तिमिल्सिनाले आफ्नो फर्मलाई सफल व्यवसायमा परिणत गर्न सफल भएका छन् ।

उनको फर्ममा अहिले १६ गाईले दैनिक एक सय ८० लिटरभन्दा बढी दूध दिन्छन् भने चारवटा ब्याउने छन् भने अन्य कोरली गाइरहेका छन् । दूध बिक्रीबाटै खर्च कटाएर मासिक रु दुई लाख बचत गर्ने गरेको तिमिल्सिनाले बताए । “अहिले दैनिक एक सय ८० लिटर दूध बेचिरहेको छु”, तिमिल्सिनाले भने, “मासिक रुपमा खर्च कटाएर रु दुई लाखभन्दा बढीसम्म आम्दानी हुने गरेको छ ।” यहाँ दूध डेरीमा प्रतिलिटर रु ८० मा बिक्री हुन्छ भने खुद्रा मूल्य प्रतिलिटर रु एक सयमा बिक्री हुने गर्दछ ।

तिमिल्सिनाले दूधसँगै घीउ, दही, कुराउनी मात्र नभएर मलसमेत बिक्री गर्दै आएका छन् । उनको फर्मबाट अग्र्यानिक खेतीका लागि गाईको गोबर बिक्री हुने गरेको छ । हिउँदको समयमा उनले वार्षिक झन्डै २० देखि २५ ट्र्याक्टर मल बिक्री गर्ने गरेको बताए ।

व्यावसायिक रुपमा अकबरे खुर्सानी तथा अन्य तरकारी उत्पादन गरी बिक्री गर्दै आएका भवरकोट एग्रो फर्मका सञ्चालक राजेन्द्रबहादुर खड्काले भने, “गाई फर्मबाट अग्र्यानिक तरकारी खेतीका लागि आवश्यक पर्ने मल उपलब्ध भएको छ । मलकै लागि टाढा टाढा धाउनु परेको छैन ।” तिमिल्सिनाको फर्मबाट अन्य स्थानीय किसानहरुले पनि तरकारी तथा अन्न बालीका लागि मल लैजाने गरेका छन् । अहिले गाईहरुलाई लाग्ने सामान्य रोगहरुको उपचारसमेत तिमिल्सिनाले आफैँ गर्ने गरेको बताए ।

केही जटिल समस्या भएको अवस्थामा तत्काल प्राविधिकहरुले सेवा दिन थालेका छन् । उनले गाईलाई खुवाउनका लागि आफ्नो १६ रोपनी जमिनमा घाँस लगाएका छन् । घाँसको बिक्रीबाट पनि उनी वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताए । उनले आफ्नो फर्ममा प्रविधिको पनि प्रयोग गर्न थालेका छन् । उनी आवश्यकताअनुसार च्याप कटर, मिल्किङ मेसिन, घाँस काट्ने यन्त्र जस्ता आधुनिक औजारहरू प्रयोग गर्ने गरेका छन् । प्रविधिको प्रयोगले काममा निकै सहजता भएको उनको अनुभव छ । “पहिले दूध पिठ्यूँमा बोकेर बजार झर्नु पर्दथ्यो अहिले फर्ममै गाडी आएर लैजान्छ । एक दुई दिनको दूध भण्डारण गरेर राख्न सक्ने क्षमता पनि छ । पहिलेजस्तो दूध फाट्ने समस्या पनि हटेर गएको छ ।” उनले भने ।

पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानहरुका लागि प्रेरणाको स्रोत बनेका तिमिल्सिनाले क्षेत्रीय, जिल्ला तथा स्थानीय स्तरका दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । “घरपरिवार छोडेर अन्यत्र पसिना बगाउन जानुभन्दा आफ्नै माटोमा परिवारका साथमा बसेर आफ्नै पौरखमा रमाउन पाउँदा आनन्द मिल्दो रहेछ ।” उनले भने ।रासस

file photo

 

वि.सं.२०८० वैशाख २७ बुधवार १६:५७ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...