काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी काण्डमा आफ्नो नाम मुछिएर आएको अडियो सम्बन्धमा छनविन गर्न साइवर व्युरोमा उजुरी दिएकी छन् ।
उनले विभिन्न संचार माध्यममा सार्वजनिक गरिएको आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भूटानी शरणार्थीका सम्बन्धमा आफ्नो नाम समेत जोडी कुराकानी गरिएको अडियो रेर्कड कहाँ, कसरी, कस्ले र के उद्धेश्यले रेर्कड गरेका हुन् भन्ने सत्यतथ्य पत्ता लगाइदिन पत्र लेखेकी हुन् ।
‘उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडा भन्दा कडा कारबाही होस् भन्ने यो निवेदन पेश गरेको छु ।’
उनले अडियो पनि पत्रसाथ उपलब्ध गराउँदै यथाशीघ्र कारबाहीका लागि समेत आग्रह गरेकी छन् ।

वि.सं.२०८० वैशाख २७ बुधवार १७:२६ मा प्रकाशित






























