काठमाडौं । उच्च राजनीतिक नेतृत्वबीच नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा राजनीतिक हस्तक्षेप नगर्ने सहमति भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।
बैठकको छलफलबारे सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनेका छन्, “प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।”
सञ्चार माध्यममा जे–जसरी प्रचार भएको छ, सोअनुसार दोषीलाई उम्काउने प्रयास नभएको उनले स्पष्ट पारे । “सदनलाई कसरी सूचारु गरेर लैजाने ? त्यहाँ समितिहरु कसरी बनाउने, संयुक्त समितिहरु कसरी बनाउने भन्ने विषयमा बढीजसो छलफल हुने गरेको हो”, पत्रकारको प्रश्नको आशयमा उनले भने, “तपाईंहरुलाई लागेको छ, त्यही एउटै केसमा तर, त्यो होइन ।”
वि.सं.२०८० वैशाख २७ बुधवार १७:३६ मा प्रकाशित






























