back
CTIZAN AD

रहेनन् जनआन्दोलनका ‘ज्यूँदा सहिद’ मुकेश कायस्थ

वि.सं.२०८० वैशाख २८ बिहीवार

1.1K 

shares

काभ्रेपलाञ्चोक । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो ।

जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो । सो अस्पतालमै उनको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले जानकारी दिए ।

जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उनी बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए । त्यस दिनदखि उनको अचेत थिए । कायस्थको बायाँ हात राम्रोसँग नचलेको तथा गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे । उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन् । परिवार र स्वास्थ्यकर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका थिए । उनी २०७५ असारदेखि थप बिरामी परेका थिए ।

स्वाथ्योपचारलगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ । सरकारले उनको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेको लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । कायस्थलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्वको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो ।

कायस्थ पाँच वर्षयता दुब्लाउँदै गएको, पहिलेजस्तो हाँस्न र बोल्न छाड्दा उनको परिवारलाई ‘पीरमाथि पीर’ थपिँदै गएको थियो । कायस्थ परिवारको एक्लो छोरा थिए । उनका बुबा कृष्णमानले केही महिनाअघि भनेका थिए, “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, यतिका वर्षसम्म ओछ्यानमै छ, आफैँ मनन गर्नुस् ।” कायस्थ एक वर्षदेखि बोल्न सकेका थिएनन् । चपाएर खाना खान नसक्ने उनलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएको थियो । बिरामी परेपछि भने पाइपद्वारा खानेकुरा खुवाइँदै आएको थियो ।

“बिरामी परेयता मुकेशको दायाँ हात र दुवै गोडा थोरै मात्र चल्थे”, बुबा कृष्णमानले भने । उनको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा बसेको थियो कायस्थ परिवार । जनआन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । सरकारले कायस्थ परिवारको बैंकको रु सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो ।

पछिल्लो समय मेडिसिटी अस्पतालका चिकित्सक डा गोपाल रमणले कायस्थको स्वास्थ्य निगरानी गरिरहेका थिए । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो । विसं २०६२÷६३ को अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । सो आन्दोलनमा नालाका भीमसेन दाहालले कास्कीको पोखरामा, पनौतीका सगुन ताम्राकारले काठमाडौँको कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा तथा नागे्र गगर्चेका सुनिलकुमार लामाले काठमाडौँको जोरपाटीमा ज्यान गुमाउनुभएको थियो । उक्त आन्दोलनमा काभे्रपलाञ्चोकका ४० जना घाइते भएका थिए । रासस

 

वि.सं.२०८० वैशाख २८ बिहीवार ०८:०८ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...