काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको चौथो बैठक आजदेखि बस्दै छ ।
ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान १० बजेबाट सुरु हुने उक्त बैठक तीन दिनसम्म चल्नेछ भने बैठकमा १० वटा कार्यसूचीमा छलफल हुने पार्टीको कन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए ।
रिजालका अनुसार केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् ।
बैठकमा अध्यक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूचीमाथि छलफल हुनेछ ।
वि.सं.२०८० वैशाख २८ बिहीवार ०७:५८ मा प्रकाशित






























