back
CTIZAN AD

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, खाँणका विषयमा निर्णय गर्ला त ?

वि.सं.२०८० वैशाख २८ बिहीवार

957 

shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ ।

पूर्वगृहमन्त्री समेत रहेका पार्टीका नेता बालकृष्ण खाँण नक्कली भूटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेपछि बसेको सो पार्टीको पदाधिकारी बैठकले खाँणका विषयमा कुनै निर्णय नगरी बैठक सकिएको थियो ।

बुधबार बसेको बैठकमा नक्कली शरणर्थी प्रकरणमा पक्राउ परेका खाँणलाई निलम्बन गर्ने विषयमा टुंगो लगाउन नसक्दा आज पुनः दिउँसो २ बजेदेखि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणाथी बनाएर अमेरिका लैजान लागेको प्रकरणमा बुधबार मैजुबहालस्थित आफ्नै घरबाट पक्राउ परेका पूर्वगृहमन्त्री खाँणको आजदेखि बयान लिइदैंछ ।

बुधबार जिल्ला अदालत काठमाडौंमा खाँणलाई उपस्थित गराएको प्रहरीलाई अदालतले खाँणमाथि अनुसन्धानका लागि थप तीनदिनको अनुमति दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आजदेखि खाँणको बयान लिइने बताएको छ ।

वि.सं.२०८० वैशाख २८ बिहीवार ०८:५९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...