back
CTIZAN AD

चैत महिनाको उत्कृष्ट पाठक पुरस्कार जितिन् प्रगती शर्माले

वि.सं.२०८० वैशाख २८ बिहीवार

777 

shares

टीकापुर, कैलाली । टीकापुर सरोकार समूह र टीकापुर सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा स्थापित पुरस्कारको पाँचौ श्रृखंलामा प्रगति शर्मा उत्कृष्ट पाठक बनेकी छन् ।

प्रत्येक महिना टीकापुर सामुदायिक पुस्तकालयमा आइ अध्ययन गर्ने पाठक मध्ये उत्कृष्ट पाठकलाई दिईदै गरेको पुरस्कार चैत्र २०७९ का लागि प्रगती शर्मालाई प्रदान गरिएको हो ।

उक्त पुरस्कारको राशी रु दश हजारको रहेको छ । गत मंसिर महिना दिइदैं आएको पुरस्कारको यो पाचौ श्रृङखला हो ।

चैत महिनाका नियमित १५० पाठकमध्ये पुरस्कार बिजेता प्रगती शर्माले १३७ घन्टा पुस्तकालयमा अध्ययन गरेकी थिइन् ।

टीकापुर सामुदायिक पुस्तकालयलयद्वारा पुरस्कार वितरणका लागि आयोजित एक बिशेष समारोहमा प्रमुख अतिथि पूर्वमन्त्री चन्द्रसिंह भट्टराई, ब्रहमकुमारी सीता दिदी र मन थापाले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र बिजेता शर्मालाई हस्तान्तरण गरेका थिए ।

चैत महिनाको पुरस्कार साहित्यकार गगनसिंह थापाको स्मृतिमा उनका परिवारले प्रायोजन गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराईले टीकापुरमा अध्ययन संस्कृतिलाई प्रोत्साहन गर्न आयोजना भइरहेको यो पुरस्कारको कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा आफू बिश्वस्त रहेको बताए ।

 

वि.सं.२०८० वैशाख २८ बिहीवार १६:१४ मा प्रकाशित

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...