Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

चैत महिनाको उत्कृष्ट पाठक पुरस्कार जितिन् प्रगती शर्माले



टीकापुर, कैलाली । टीकापुर सरोकार समूह र टीकापुर सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा स्थापित पुरस्कारको पाँचौ श्रृखंलामा प्रगति शर्मा उत्कृष्ट पाठक बनेकी छन् ।

प्रत्येक महिना टीकापुर सामुदायिक पुस्तकालयमा आइ अध्ययन गर्ने पाठक मध्ये उत्कृष्ट पाठकलाई दिईदै गरेको पुरस्कार चैत्र २०७९ का लागि प्रगती शर्मालाई प्रदान गरिएको हो ।

उक्त पुरस्कारको राशी रु दश हजारको रहेको छ । गत मंसिर महिना दिइदैं आएको पुरस्कारको यो पाचौ श्रृङखला हो ।

चैत महिनाका नियमित १५० पाठकमध्ये पुरस्कार बिजेता प्रगती शर्माले १३७ घन्टा पुस्तकालयमा अध्ययन गरेकी थिइन् ।

टीकापुर सामुदायिक पुस्तकालयलयद्वारा पुरस्कार वितरणका लागि आयोजित एक बिशेष समारोहमा प्रमुख अतिथि पूर्वमन्त्री चन्द्रसिंह भट्टराई, ब्रहमकुमारी सीता दिदी र मन थापाले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र बिजेता शर्मालाई हस्तान्तरण गरेका थिए ।

चैत महिनाको पुरस्कार साहित्यकार गगनसिंह थापाको स्मृतिमा उनका परिवारले प्रायोजन गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराईले टीकापुरमा अध्ययन संस्कृतिलाई प्रोत्साहन गर्न आयोजना भइरहेको यो पुरस्कारको कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा आफू बिश्वस्त रहेको बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।