काठमाडौं । जापानमा सवारी दुर्घटनामा परि दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
जापान टाइम्सका अनुसार जापानको मियाग प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार रोकिराखेको बसमा ट्रकले ठक्कर दिँदा दुई नेपाली विद्यार्थीको मृत्यु भएको हो ।
मुत्यु हुनेमा काभ्रे भुम्लु गाउँपालिका वडा नं ९ का २२ वर्षीय नवराज तामाङ र ओखलढुंगा चिशंखुगढी गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय युवराज थापा रहेका छन् । बसमा समस्या देखिएपछि चालकलाई लाइट देखाएर बनाउन सघाइरहेका उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो । सोहि दुर्घटनामा बस चालकको पनि मृत्यु भएको बताइएको छ ।
पारीवारीक श्रोतका अनुसार युवराज १२ कक्षा सकेर थप अध्ययनका लागि गतवर्ष जेठमा जापान गएका थिए भने काभ्रेका नवराज गत कात्तिकमा मात्रै जापान गएका थिए ।
उनीहरु दुवैको शब नेपाल ल्याउनका लागि पहल भइरहेको बताइएको छ ।
वि.सं.२०८० जेठ ४ बिहीवार १६:२९ मा प्रकाशित






























