back
CTIZAN AD

ढाका कुमारले भने–सांसद बन्न ३ करोड बुझाएको भन्ने कपोकल्पित र आधारहिन

वि.सं.२०८० जेठ १२ शुक्रवार

819 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बित सांसद ढाका कुमार श्रेष्ठले सांसद बन्नका लागि आफुले ३ करोड बुझाएको भन्ने समाचार कपोकल्पित र आधारहिन भएको बताएका छन् ।

विभिन्न संचारमाध्यममा ढाका कुमारले समानुपातिक सांसद बन्नका लागि सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र प्रवक्ता मुकुल ढकाललाई ३ करोड बुझाएको भन्ने समाचार आएपछि उनले विज्ञप्ति मार्फत् यसको खण्डन गरेका हुन् ।

‘मिति २०८०/२/१० गते केही अनलाइन मिडियाहरुले समानुपातिका सांसद बन्न मैले तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहीन समाचार संप्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ,‘ उक्त विषयमा म कुनै मिडियाहरुसँग नबोलेको र समाचार संप्रेषणका लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।’आधारविना नै अन्य कुनै मिडियाहरुले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार संप्रेषण गरेमा कानुनी प्रक्रियामा जाने चेतावनी समेत उनले दिएका छन् ।

 

वि.सं.२०८० जेठ १२ शुक्रवार ०७:५२ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...