Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

वडास्तरीय फुटबल प्रतियोगितामा पोखरा–१४ ले जित्यो उपाधि



गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ लाई ४–० गोलान्तरले हराउँदै वडा नम्बर १४ विजयी बनेको हो ।

वडा नम्बर १४ का लागि आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोल गरे । यामबहादुर खेलको म्यान अफ दी म्याच घोषित भए । विजेता वडा नम्बर १४ ले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । उपविजेता वडा नम्बर १५ ले रु एक लाख प्राप्त गर्यो। वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भइ रु १५ हजार पुरस्कार पाए ।

त्यस्तै वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

विजेता खेलाडी तथा प्रशिक्षकलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरे । कास्की जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा भएको उक्त प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडा सहभागी थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।