back
CTIZAN AD

पर्वत, म्याग्दी र बागलुङमा पर्यापर्यटन कार्यक्रम

वि.सं.२०८० जेठ १६ मंगलवार

834 

shares

म्याग्दी ।सङ्घीय सरकारले पर्वत, म्याग्दी र बागलुङमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमार्फत पर्वत, म्याग्दी र बागलुङको उत्तरी भाग समेटी पर्यापर्यटन र मगर संस्कृति पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गरिने जानकारी गराएका हुन् ।

पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई समेटेर अन्नपूर्ण–धौलागिरि पर्यावरणीय पदमार्ग सञ्चालन हुँदै आएको छ । सरकारको घोषणापछि अधिकांश मगर समुदायको बसोबास रहेको यो पदमार्गमा बागलुङलाई पनि समेट्ने र मगर संस्कृतिसँग पर्यटनलाई जोड्ने अपेक्षा गरिएको छ ।

यसैगरी म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङलाई समेटेको कालीगण्डकी कोरिडोर सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा सरकारले रु एक अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । बेनी–जोमसोम–कोरला खण्डमा थप साठी किलोमिटर सडक कालोपत्र गरिने अर्थमन्त्री महतले बजेट वक्तव्यमार्फत घोषणा गर्नुभएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुदै मुस्ताङको कोरलासम्म करिब २०० किलोमिटर दूरिको सडक विसं २०७४ देखि राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनामार्फत स्तरोन्नति हँुदै आएको छ । सरकारले बजेट वक्तव्यमानै उल्लेख गरेपछि यो सडकको म्याग्दी खण्ड कालोपत्र हुने अपेक्षा गरिएको छ ।

तीन वर्षअघिनै सम्पन्न हुनेपर्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अलपत्र बनेको छ । यसैगरी मुस्ताङ, इलाम, दाङ र अछाममा वायु गुणस्तर मापन केन्द्र विस्तार गर्ने घोषणा गरेको छ । “रैथानेमा गर्व गरौँ” भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको विउ संरक्षण गरि खेती विस्तारको नीति लिएको सरकारले मुस्ताङको आलुलगायत उत्पादनको ब्राण्डिङ गरी उत्पादन र बजारीकरणमा सहयोग गरिने घोषणा गरेको छ ।

 

वि.सं.२०८० जेठ १६ मंगलवार १६:०० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...