Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

पर्वत, म्याग्दी र बागलुङमा पर्यापर्यटन कार्यक्रम



म्याग्दी ।सङ्घीय सरकारले पर्वत, म्याग्दी र बागलुङमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमार्फत पर्वत, म्याग्दी र बागलुङको उत्तरी भाग समेटी पर्यापर्यटन र मगर संस्कृति पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गरिने जानकारी गराएका हुन् ।

पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई समेटेर अन्नपूर्ण–धौलागिरि पर्यावरणीय पदमार्ग सञ्चालन हुँदै आएको छ । सरकारको घोषणापछि अधिकांश मगर समुदायको बसोबास रहेको यो पदमार्गमा बागलुङलाई पनि समेट्ने र मगर संस्कृतिसँग पर्यटनलाई जोड्ने अपेक्षा गरिएको छ ।

यसैगरी म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङलाई समेटेको कालीगण्डकी कोरिडोर सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा सरकारले रु एक अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । बेनी–जोमसोम–कोरला खण्डमा थप साठी किलोमिटर सडक कालोपत्र गरिने अर्थमन्त्री महतले बजेट वक्तव्यमार्फत घोषणा गर्नुभएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुदै मुस्ताङको कोरलासम्म करिब २०० किलोमिटर दूरिको सडक विसं २०७४ देखि राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनामार्फत स्तरोन्नति हँुदै आएको छ । सरकारले बजेट वक्तव्यमानै उल्लेख गरेपछि यो सडकको म्याग्दी खण्ड कालोपत्र हुने अपेक्षा गरिएको छ ।

तीन वर्षअघिनै सम्पन्न हुनेपर्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अलपत्र बनेको छ । यसैगरी मुस्ताङ, इलाम, दाङ र अछाममा वायु गुणस्तर मापन केन्द्र विस्तार गर्ने घोषणा गरेको छ । “रैथानेमा गर्व गरौँ” भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको विउ संरक्षण गरि खेती विस्तारको नीति लिएको सरकारले मुस्ताङको आलुलगायत उत्पादनको ब्राण्डिङ गरी उत्पादन र बजारीकरणमा सहयोग गरिने घोषणा गरेको छ ।

 


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक