back
CTIZAN AD

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

वि.सं.२०८० जेठ १६ मंगलवार

729 

shares

मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।

तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ । सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताए । रासस

 

वि.सं.२०८० जेठ १६ मंगलवार २०:०४ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...