back
CTIZAN AD

हर्क साम्पाङ भन्छन्– हामी पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔं

वि.सं.२०८० जेठ १८ बिहीवार

798 

shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालले ‘अखण्ड नेपाल’ भन्दै टिष्टा र काँगडासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

भारतको नयाँ संसदमा राखिएको ‘अखण्ड भारत’ नामक भित्ते चित्रमा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगरको समेत नाम पाइएपछि अहिले त्यसको चौतर्फि विरोध भइरहेको छ ।

उक्त नक्शाप्रति आपत्ति जनाउँदै मेयर साम्पाङले भनेका छन् ‘अब नेपालले पनि ‘अखण्ड नेपाल’ भन्दै टिष्टा र काँगडा सम्मको नक्सा बनाएर सार्बजनिक गर्नु पर्छ !’

उक्त भित्तेचित्रमा भएको नक्शाका कारण छिमेकी मुलुकबीच कुटनीतिक सम्बन्धमा असर तथा थप विवाद ल्याउन सक्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको टिप्पणी छ।

डा.भट्टराईले केही लिनअघि उक्त भित्तेचित्र बारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा सम्बन्धीत निकायले यसबारेमा प्रष्ट पारिदिनुपर्ने बताएका थिए ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तिचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धमा थप समस्या बढाउने सम्भावना देखिन्छ । भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खुलारुपमा बताउनु उचित हुनेछ ।’ उनले भनेका थिए ।

वि.सं.२०८० जेठ १८ बिहीवार ०९:११ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...