back
CTIZAN AD

देवचुली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

वि.सं.२०८० जेठ १८ बिहीवार

828 

shares

 नवलपुर । देवचुली नगरपालिकाको वडा नं. १०, ११, १२, १३, १४ र १५ को सार्वजनिक सुनुवाई भएको छ ।

नगरपालिकाले साविकका चारवटा गाविसलाई ४ क्षेत्र बनाएर प्रभावकारी सार्वजनिक सुनुवाई गर्ने शिलशिलामा साविकको प्रगतिनगर गाविसको भूगोलमा पर्ने वडाका जनतासँग विकास ब्यवस्थापन तथा सेवा प्रवाहका सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । देवचुली नगरपालिकाले आयोजना गरेको कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघ नवलपुर शाखाले गरेको थियो ।

सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयले भौतिक पुर्वाधार तथा मानवीय विकास र सेवा प्रवाहका विषयमा गुनासा, समस्या, जिज्ञासा सहित सुझाव समेत राखेका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको नगरप्रमुख हरिप्रसाद न्यौपाने, र विषयगत शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।

प्रश्नकर्ताले गरेका सवालको जवाफ दिने क्रममा नगर प्रमुख न्यौपानेले चरम आर्थिक संकटको चपेटाको प्रभाव देशैभर पर्दा त्यसको असर देवचुली नगरपालिकामा परेको भए पनि कृषि, स्वास्थ्य, शिक्षा लगायत पूर्वाधारका सन्दर्भमा उल्लेखनीय गतिविधि भईरहेको जिकिर गरे ।

प्रश्नकर्ताले दलदले मुण्डे बाटो, ट्रमा सेन्टर, मापदण्ड विपरीत सञ्चालित नवलपुर क्रसर उद्योगले टोलवासीलाई परेको समस्या, फोहोरमैला ब्यवस्थापन, प्राकृतिक विपत्ति बाढी–पहिरो, डुवान– कटानका समस्या, सिंचाई, कृषि, बाटोघाटो, हुलाकी सडक, शिक्षा, स्वास्थ्य, लक्षित वर्गसँग सम्वन्धित विषयमा नीतिगत तथा ब्यवस्थापकीय धारणाका विषयमा सोधेका थिए ।

No description available.

देवचुली १३ का नारायण प्रसाद पौडेलले दलदले मुण्डे सडक खण्ड स्तरोन्नति कार्यको नीतिगत प्रक्रिया र डिपिआरका विषयमा जिज्ञासा राखे भने माध्यमिक तहसम्मको निशुल्क शिक्षा, बुहारी उच्च शिक्षा कार्यक्रम र महिला खेलाडीको प्रोत्साहन र प्रवद्र्धन गर्न सुझाए ।

देवचुली ११ का ताराचन भटराईले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक एकरुपता कायम गर्न, पहाडी ग्रामीण क्षेत्रका विद्यार्थी अध्ययनका लागि टाढा जानुपर्ने वा कोठा भाडामा बस्नुपर्ने बाध्यता भएकाले नजिकै विद्यालय सञ्चालन गर्न वा निशुल्क बस सेवा प्रदान गर्न, नीतिगत रुपमा देखिएको ठेकेदारी प्रथाको अन्त्य गर्न, कृषि उपज र उत्पादनमा कृषकलाई फाईदा र उपभोक्तालाई सस्तो हुने गरी उत्पादकदेखि उपभोक्तासम्मको कार्यक्रम ल्याउन सुझाव दिए । नगरपालिकाले सँधै कर र राजश्व मात्रै देख्ने तर ब्यवसायीका समस्याका विषयमा कुनै चासो नदिएको गुनासो पोखे ।

देवचुली १३ दलदलेकी उमादेवी आचार्यले मापदण्ड विपरीत सञ्चालनमा रहेको नवलपुर क्रसर उद्योगका कारण आफूहरु मर्कामा परेकाले यसको निकास निकाल्न नगरपालिकाले सहजीकरण गर्न आग्रह गरिन् ।

No description available.

देवचुली ११ का यमप्रसाद भुसालले ट्रमा सेन्टर कहाँ बन्ने हो बन क्षेत्रभित्र बन्ने हो भने वन सम्वन्धि नियम कानूनले अप्ठ्यारो पार्ने हो कि भन्ने जिज्ञासा ब्यक्त गरे ।

वडा नं. १३ बोटेटोलका गणेश बोटेले सुकुम्बासी समस्या कहिलेसम्म समस्या हुन्छ भन्दै प्रशन गरे । उनले हुलाकी मार्गको निर्माण र खेलकुदलाई प्रवद्र्धन गर्न खेल मैदान निर्माण गर्न आग्रह गरे ।

वडा नं. ११ का रमेश ठाडाले नगरपालिकाको प्रगति प्रतिवेदन मासिक रुपमा सार्वजनिक हुनुपर्ने, कृषि क्षेत्रका सेवा सुविधा वडा भित्रै पायक पर्ने स्थानबाट मिलाउन सुझाए । उनले उत्खनन् बापतको राजश्व महंगो भएको टिप्पणी गरे । धारापनी चोकको खेल मैदानलाई मिनी रंगशालाका रुपमा चाडो कार्य सम्पन्न गर्नुपर्ने बताए ।

दलदलेका अशोक अधिकारीले दलदलेमा निर्माणाधिन नाली र बाटोको प्रारुप हेर्दा बर्षामा बजार डुब्नेतर्फ सचेत गराए । उनले दलदलेमा रहेको कृषि उपज केन्द्र प्रभावकारी सञ्चालन गर्न, फोहोरमैला ब्यवस्थापन दिगो नहुँदा विशेष गरी बजारबासी धेरै प्रभावित भएको, स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहनमा चासो पुर्याउन आग्रह गरे ।

देवचुली – १२ की रूमाकला काफ्लेले बौलाहा खोला स्रोतका नहर स्तरउन्नति गर्न आग्रह गरिन् । उनले खोलाका कारण हुनसक्ने क्षति रोकथामका लागि तटवन्ध आवश्यक रहेको वताइन् ।

देवचुली – १३ का भोजराज ज्ञवालीले ट्रमा सेन्टरको विषयमा जिज्ञासा राखे। यस्तै विमा गरेका विरामी र नगरेका सेवाग्राहीको सेवा प्रवाहमा भेदभाव हुने गरेको, सुत्केरी पोषण भत्ता मापदण्ड विपरित छनोट भएको, शिक्षकले सक्रिय राजनिति गरिरहेका र दिर्घकालिन फोहोर ब्यवस्थापन लगायतका प्रसंग कोट्याए ।

देवचुली – १३ सुनिल न्यौपानेले भाडामा लगाउने धनीको भाडामा मनोमानी रहेकाले नगरपालिकाले वैज्ञानिक भाडादर कायम गर्नुपर्ने सुझाए । उनले विकास का सन्दर्भमा नागरिकलाई श्रमदानमा जोड्न आग्रह गरे।

देवचुली – १३ कै महेश देवकोटाले कृषि अनुदान मा विभेद गरेको गुनासो पोखे।

देवचुली–१३ कि सुमित्रा भण्डारीले कंक्रिट उद्योगका कारण स्वास्थ्यमा समस्या आएको, नगर अस्पतालका स्वास्थ्य कर्मचारीबाट बारम्बार दुब्र्यवहार भोग्नु परेको गुनासो गरिन् ।

सार्वजनिक सुनुवाईमा उठेका विषयको विषयगत शाखा प्रमुख र नगर प्रमुख न्यौपानेले जवाफ दिएका थिए ।

 

 

वि.सं.२०८० जेठ १८ बिहीवार ११:०४ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...