back
CTIZAN AD

स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तालिम

वि.सं.२०८० जेठ १८ बिहीवार

708 

shares

काठमाडौँ । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै ‘टेलिस्कोप’ बनाउने तीन दिने कार्यशाला छाउनीस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एष्ट्रोनोमी फर नेपाल, इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एन्ड एष्ट्रोफिजिक्स, भारत तथा पञ्चकन्या माध्यमिक विद्यालयको समन्वयमा कार्यशाला सम्पन्न भएको हो । इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनका नेपाल र भारतका राष्ट्रिय जनसम्पर्कीय संयोजकको सक्रियता एवं नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग गरेर सो अवसरमा टेलिस्कोप बनाइएको हो ।

कार्यशालाका सहभागीले बनाएका पाँच इन्चको रिफ्लेक्टर टेलिस्कोप नेपालमा पहिलो पटक बनेको आयोजक नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उपत्यकाभित्र एवं बाहिरका सात विद्यालयका विज्ञान शिक्षक एवं विद्यार्थी गरी जम्मा २१ सहभागी कार्यशालामा इन्टर–युनिभर्सिटी सेन्टर फर एष्ट्रोनोमी एण्ड एष्ट्रोफिजिक्स, भारतका कार्यक्रम अधिकृत समिर धुर्देले प्रशिक्षण दिएका थिए ।

कार्यशालामा सहभागीले परावर्ती टेलिस्कोप (रिफ्लेक्टिङ टेलिस्कोप) र आवर्ती टेलिस्कोप (रिफ्राक्टिङ टेलिस्कोप) बनाउन प्रशिक्षण लिएका थिए । कार्यशालामा शिक्षकले टेलिस्कोपका बारेमा सैद्धान्तिक अवधारणालाई अभ्यासमा उतार्दै वास्तविक टेलिस्कोप बनाउन सिकेका छन् । सहभागीले पिभिसी पाइप, किल्ला, प्लाई तथा अन्य स्थानीय सामग्रीका साथै भारतबाट ल्याइएको लेन्स तथा ऐना प्रयोग गरी पाँच आवर्ती टेलिस्कोप र तीन रावर्ती टेलिस्कोप बनाएका छन् ।

“यस प्रकारको कार्यशाला शिक्षकका लागि उति नै अपरिहार्य छ, जति विद्यार्थीका लागि आवश्यक छ, कक्षामा सिकाउने शिक्षकलाई पनि प्रयोगात्मक ज्ञानको कमी छ, तीन दिनभित्र उहाँहरुले निकै मेहनत र परिश्रम गरेर टेलिस्कोप बनाउन सिकेका छन् , इन्टरनेशनल एष्ट्रोनोमिकल युनियनको नेपालका लागि अर्का जनसम्पर्क संयोजक तथा नासोका परियोजना संयोजक मनिषा द्वाले भनिन् ।

कार्यशालामा कक्षा–४ देखि कक्षा–१२ सम्म पढाउने शिक्षकको सहभागिता थियो । पाठ्यक्रममा भएको सैद्धान्तिक कुरालाई अभ्यास गरी नेपालकै लागि पहिलो रिफ्लेक्टिङ टेलिस्कोप बनाउन पाउँदा निकै हर्षित भएका छन् । यस प्रकारका कार्यशाला हरेक विद्यालयमा हुनुपर्ने र त्यसका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने सेलिब्रेसन कोएड विद्यालयका विज्ञान शिक्षक मनिराम राईले बताए । file photo

 

वि.सं.२०८० जेठ १८ बिहीवार १२:१४ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...