
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।
बुधबार चारदिने भ्रमणका लागि भारतको दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड र मोदीबीच हैदरवाद हाउसमा द्धिपक्षीय भेटवार्ता सुरु भएको हो । उक्त भेटवार्तामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल समेत सहभागी रहेको छ ।
उक्त भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजना उद्घाटनपछि दुवै देशका प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरी सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि प्रचण्डले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।