back
CTIZAN AD

पालिकाद्धारा बख्खु बुन्ने तालिम दिएपछि पुरानै पेसामा फर्किए पाँचपोखरीका महिला

वि.सं.२०८० जेठ १८ बिहीवार

699 

shares

सिन्धुपाल्चोक। पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङका बासिन्दा बख्खु बुन्ने पुरानै पेसामा फर्किएका छन् ।

भूकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिला भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खु जस्ता सामग्री बुन्नमा व्यस्त हुन्थे । विसं २०७२ को भूकम्पपछि आर्थिक अभाव र विभिन्न कारणले यो पेसा छाड्ने बढे पनि अहिले घरमै बसेका महिलालाई गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रममार्फत सीप विकास तालिम दिएर फेरि पुरानै व्यवसायमा फर्काएको छ ।

तालिम पाएपछि महिला पनि हौसिएका स्थानीय लेखकुमारी गुरुङ बताउँछन्। भूकम्पपछि बेरोजगार रहेकामा अब पालिकाले सहयोग गरेपछि आयआर्जन गर्न सकिने उहाँको विश्वास छ । बजारमा अहिले तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग भने घट्दै गएको छ ।

युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु जस्ता सामग्री विस्तारै लोप हुँदै जाने अवस्थामा छ । महिलाका लागि मागअनुसार यस पेसामा सहयोग गरेकामा खुसी व्यक्त गर्दै अर्का स्थानीय बुद्धिमाया गुरुङ बजारीकरणमा पनि पालिकाले सहयोग गर्नुपर्ने बताईन्।

गुरुङ र तामाङ समुदायको परम्परागत पेसाको संरक्षण र उद्यमी महिलालाई जीविकोपार्जनसँग जोड्न स्थानीय तहले पनि आवश्यक सहयोग गर्न थालेको गाउँपालिकाका अध्यक्ष टासी लामा बताउछन्। उनले पालिकावासीको आयआर्जन बढाउन विभिन्न कार्यक्रम ल्याइएको बताउँदै यसको सदुपयोग गर्न आग्रह गरे।

राडीपाखी व्यवसायलाई प्रर्वद्धन गर्न उत्पादन भएका सामग्रीको बजार व्यवस्थापनसँगै कपडा बुन्नका लागि सुधारिएको आधुनिक तान र मेसिनको सहयोग भएमा व्यावसायिकरुपमा यो पेसालाई निरन्तरता तथा पुस्तान्तरण गर्न सकिने उद्यमीको भनाइ छ ।

वि.सं.२०८० जेठ १८ बिहीवार १३:२० मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...