Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

पालिकाद्धारा बख्खु बुन्ने तालिम दिएपछि पुरानै पेसामा फर्किए पाँचपोखरीका महिला



सिन्धुपाल्चोक। पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङका बासिन्दा बख्खु बुन्ने पुरानै पेसामा फर्किएका छन् ।

भूकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिला भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खु जस्ता सामग्री बुन्नमा व्यस्त हुन्थे । विसं २०७२ को भूकम्पपछि आर्थिक अभाव र विभिन्न कारणले यो पेसा छाड्ने बढे पनि अहिले घरमै बसेका महिलालाई गाउँपालिकाले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रममार्फत सीप विकास तालिम दिएर फेरि पुरानै व्यवसायमा फर्काएको छ ।

तालिम पाएपछि महिला पनि हौसिएका स्थानीय लेखकुमारी गुरुङ बताउँछन्। भूकम्पपछि बेरोजगार रहेकामा अब पालिकाले सहयोग गरेपछि आयआर्जन गर्न सकिने उहाँको विश्वास छ । बजारमा अहिले तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग भने घट्दै गएको छ ।

युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु जस्ता सामग्री विस्तारै लोप हुँदै जाने अवस्थामा छ । महिलाका लागि मागअनुसार यस पेसामा सहयोग गरेकामा खुसी व्यक्त गर्दै अर्का स्थानीय बुद्धिमाया गुरुङ बजारीकरणमा पनि पालिकाले सहयोग गर्नुपर्ने बताईन्।

गुरुङ र तामाङ समुदायको परम्परागत पेसाको संरक्षण र उद्यमी महिलालाई जीविकोपार्जनसँग जोड्न स्थानीय तहले पनि आवश्यक सहयोग गर्न थालेको गाउँपालिकाका अध्यक्ष टासी लामा बताउछन्। उनले पालिकावासीको आयआर्जन बढाउन विभिन्न कार्यक्रम ल्याइएको बताउँदै यसको सदुपयोग गर्न आग्रह गरे।

राडीपाखी व्यवसायलाई प्रर्वद्धन गर्न उत्पादन भएका सामग्रीको बजार व्यवस्थापनसँगै कपडा बुन्नका लागि सुधारिएको आधुनिक तान र मेसिनको सहयोग भएमा व्यावसायिकरुपमा यो पेसालाई निरन्तरता तथा पुस्तान्तरण गर्न सकिने उद्यमीको भनाइ छ ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक