
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको बजारमा एकैदिन प्रतितोला १५ सयले बढेको छापावाल सुनको भाउ बिहीबारको बजारमा पनि ५ सयले बढेको छ ।
बुधबारको बजारमा प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारको बजारमा ५ सयले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आजको बजारमा तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १४१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आज प्रतितोला २० रुपैयाँले बढेको छ ।
सुनको मूल्यमा हालसम्मकै नयाँ रेर्कड कायम, कति छ त आज प्रतितोला ?