back
CTIZAN AD

प्रकाश सपुतले ‘बोल माया’ को भाग दुई ‘दमाई महाराज’ बजारमा ल्याउने तयारीमा

वि.सं.२०८० जेठ २२ सोमवार

969 

shares

काठमाडौँ । संगीत क्षेत्रका जल्दा बल्दा गायककार प्रकाश सपुतले ‘बोल माया’ को भाग दुई बजारमा ल्याउने तयारीमा रहेका छन् ।

बोलमाया गितका कारण सागीतिक क्षेत्रमा एकपछि अर्को सफलता हात पार्दै गएका सपुतले त्यसपछि पछि फर्किएर हेर्नु परेको छैन ।

एकपछि अर्को गितबाट सफलता पाृदै गएका सपुतका सत्य तथ्य तथा समसामयिक घटनामा आधरित रहेर सार्वजनिक गरिएका उनका गीतहरु अधिकांश विवादमा आएका छन् ।

हाल उनले सार्वजनिक गर्न लागेको नयाँ गीतको शिर्षक ‘दमाई महाराज’ जुराएका छन् । सपुतले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी दिंदै २०८० साललाई जातीय विभेदविरुद्धकोे वर्षका रुपमा आफूले मनाउने निर्णय गरेकाले सोही अनुसारका गीत सिर्जना गरेको बताएका छन् ।

‘बाध्यताले अरब जाने र दुर्भाग्यवस काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथा थियो, बोल माया ! संयोगवस अहिले म अरब (दुबई) मा छु र यहिबाट बोल माया भाग– २ को टाईटल अनाउन्समेन्ट गर्दैछु । अर्को संयोग आज जेठ २१ ‘जातिय भेदभाव तथा छुवाछुत उन्मुल न दिवस ।’ २०२० सालको मुलुकी ऐन र गणतन्त्र स्थापनापछिको नयाँ संविधानले कानुन निर्माण त गरेको छ तर, प्रभावकारी कार्यन्वयन छैन ।

जातिय जरा यति जगडिएको छ कि बलत्कार जस्तो संवेदनशील विषयलाई पनि जातिय प्रतिष्ठा जोगाउन प्रयोग गरिएको जस्तो देखिन्छ ।

बलात्कृत हुनु र जातिय अपमान भोग्नु यी दुबै अत्यन्तै गम्भिर र असह्य कुरा हुन तर जातिय अहंकारकै कारण एकातर्फ प्रभात बोसेलहरु जेल बसिरहेका छन भने अर्कोतर्फ बलात्कृत भनिएका प्रति पनि हाम्रो संवेदना देखिदैन ! कस्तो विरोधाभाष निर्माण भैरहेको छ । हाम्रो कानुन, हाम्रो समाज, हाम्रो चेतना र संवेदना अब स्पष्ट हुन जरुरी छ !

गलबन्दी – बोलमाया भाग– २ ले हाम्रो अन्धविश्वास र जात प्रतिको गलत चेतनास्तरलाई चुस्स हिर्काउने प्रयास गर्ने छ ! प्रतिक्षा गर्नु होला ‘दमाई महाराज आँउदै हुनुहुन्छ ।’ उनले भनेका छन् ।

वि.सं.२०८० जेठ २२ सोमवार १५:०२ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...