back
CTIZAN AD

अर्थमन्त्रीको प्रष्टीकरण : करका दरमा कुनै चलखेल भएको छैन

वि.सं.२०८० जेठ २३ मंगलवार

750 

shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरमा कुनै चलखेल नभएको प्रष्टीकरण दिएका छन् । नाम मुछिएका पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा मात्रै लिएको उनले दाबी गरे ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि संसदमा प्रष्टीकरण दिँदै उनले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे । अर्थमन्त्री महतले १४ गते राति अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको दाबी गरे ।

“१४ गते राती अनधिकृत व्यक्ती प्रवेश गर्‍यो भन्ने विषयलाई आधार मानेर सांसदमा प्रश्न उठेको छ”, महतले भने, “त्यसको स्पष्टीकरण अर्थ मन्त्रालयले दिइसकेको छ । फेरि सदनमार्फत उठेका विषयलाई समेत बुद्धागतरुपमा प्रष्ट पार्न चाहन्छु ।”

आर्थिक विधेयकलाई अन्तिमरुपमा दिन अर्थमन्त्री, राजश्व सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र आन्तरिक राजश्व विभागका महानिर्देशक लगायतका व्यक्ती रहने व्यवस्था छ । सोहीअनुसार आगामी आर्थिक वर्षको आर्थिक विधेयक तय गरेको अर्थमन्त्री डा। महतले जनाए ।

उनले इमान्दार भएर काम गर्दा प्रश्न उठ्ने गरेको बताए । “इमानदार भएर काम गर्न अति कठिन हुँदो रहेछ । इमानदार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ”, महतले भने ।

सञ्चारमाध्यमले समाचार लेखेकै आधारमा आफूमाथि आरोप लगाइएको भन्दै महतले त्यसमा सत्यता नरहेको दाबी गरे । उनले भने, “एउटा पत्रिकाले पटकपटक एउटा न्युज दोहोर्‍याउँछ । त्यसैलाई हामी सत्य मान्छौँ । कुनै प्रभावबाट मुक्त भएर पारदर्शी रूपमा काम गरेको छु ।”

वि.सं.२०८० जेठ २३ मंगलवार १५:०१ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...