back
CTIZAN AD

संसदमा ओलीको प्रश्न : गाँजाखेति कसलाई, किन चाहियो ?

वि.सं.२०८० जेठ २३ मंगलवार

960 

shares

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा गाँजाको विषय प्रवेश नियोजित रुपमा भएको आरोप लगाएका छन् । मंगलबारको संसद बैठकमा बोल्दै ओलीले गाँजाखेति कसका लागि चाहियो ? भनि प्रश्न गरे ।

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ नभई फेन्सी शैलीमा गाँजाको विषय आएको ओलीको आरोप छ ।

“धान फलाउने, आलु फलाउने, गहुँ फलाउने, कृषि बढाउने, खाद्यान्नमा आत्मनिर्भरता बनाउने कुरा छैन, कसले गर्न खोजिरहेको यो गाँजाखेति ? यो कसका लागि गाँजाखेति ?”, ओलीले भने, “अहिले मान्छेको दृष्टिगोचर भएको छैन, कोही छ यसको पछाडि, कतिपयलाई परेको होला, हाम्रो गाउँमा गाँजा हुन्छ, त्यसबाट कतिको जिविको चलेको छ, यो नियन्त्रित, नियोजित गाँजाखेतिको कुरा गरेको हो ।”

उनले बजेटमा उल्लेखित विषय लागु भएसँगै गाउँ–गाउँका सोझा नागरिक झ्यालखानामा पुग्ने बताए ।

“यो लागु भएपछि त लाइसेन्स प्राप्तले मात्रै गाँजाखेति गर्छ, गाउँ–गाउँमा गएर उखेलिन्छ, गरिबले गरिरहेको मर्का पर्ने देखिया”, उनले भने, “जनताले गाँजा खेति कहाँ गरेको छ ? अहिलेको नीति गाउँले निमुखालाई झ्यालखाना जान्छ ।”

उनले गाँजाको लाइसेन्स दिने विषयमा ठूलो खेल हुने आशंका व्यक्त गरे । नाम नभनेपनि ओलीले केहीका पछाडि यसको गिरोह रहेको संकेत गरे ।

वि.सं.२०८० जेठ २३ मंगलवार १५:२३ मा प्रकाशित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...