काठमाडौँ । वरिष्ठ नेपाली हाँस्य कलाकार, अभिनेता, गायक तथा लेखक मदनकृष्ण श्रेष्ठको दाहिने आँखाको शल्यक्रिया (अपरेसन) गरिएको छ ।
डा.सन्दुक रुइत, डा.रिता गुरुङ्ग र डा.गोविन्द पौड्याल लगायतको टोलीले उनको आँखाको शल्यक्रिया गरेका हुन् ।
श्रेष्ठको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको छ ।
उनले आँखा अपरेसनपछि चिकित्सक टोलीसँग खुशी हुदै सामाजिक सञ्जालमा (फेसबुकमा) तस्बिरहरु सार्वजानिक गरेका छन् ।

श्रेष्ठले तस्बिरसहित फेसबुकमा लेखेका छन्, ‘मोतिबिन्दुको शल्यक्रिया गर्दा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’
वि.सं.२०८० जेठ २३ मंगलवार १५:२६ मा प्रकाशित






























