back
CTIZAN AD

आजको मन्त्रिपरिषद् बैठक, के–के भए त निर्णय ?

वि.सं.२०८० जेठ २४ बुधवार

960 

shares

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल भई आएको सो विधेयकलाई संसद्मा पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था विकास समितिको अध्यक्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव मदन भुजेललाई सोही मन्त्रालयको प्रस्तावबमोजिम जिम्मेवारी तोकेको छ ।

त्यस्तै गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने र सोको आदेशसहितको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।

सो ऐनबमोजिम छ÷छ महिनामा यसप्रकारको निर्णय गर्नुपर्ने व्यवस्था छ । बैठकले माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वेका लागि रसुवा र नुवाकोटका राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने र त्यहाँ रहेका रूखहरु हटाउने निर्णय गरेको छ ।

बैठकले यही जेठ २९ देखि ३२ गतेसम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रोपोलिस् वर्ल्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट–२०२३’ विषयक कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमख बालेन्द्र शाहको भ्रमण स्वीकृत गरेको छ ।

बैठकले काभ्रेको पाँचखालस्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष उद्यमी विशेष औद्योगिक ग्राममा रुपान्तरण गर्ने निर्णय पनि गरेको छ ।

 

वि.सं.२०८० जेठ २४ बुधवार १२:१२ मा प्रकाशित

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...