back
CTIZAN AD

नेपालमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन’ एक्स्पो

वि.सं.२०८० असार १ शुक्रवार

1.1K 

shares

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा शुक्रबारदेखि ‘स्पेस एण्ड डिजाइन’ एक्सो सुरु भएको छ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक ‘स्पेस एण्ड डिजाइन’ एक्सो’सुरु भएको हो ।

‘स्पेस एण्ड डिजाइन’ एस्पोको उद्घाटन ‘मिस नेपाल वल्र्ड २०२३’की विजेता श्रीच्छा प्रधान, ‘मिस नेपाल अर्थ २०२३’ विजेता रैना मजगैयाँ र ‘मिस नेपाल इन्टरनेशनल २०२३’ की विजेता प्रसिद्धी शाहले गरे संयुक्त रुपमा गरे ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनमा अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टरियर डिजाइनको महत्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको ‘आईआईएफटी’को कार्यकारी निर्देशक विपना थापाले बताइन् ।

निर्देशक थापाले भनिन्, ‘यो आईआईएफटीले पहिलो पटक सुरु गरेको ‘स्पेस एण्ड डिजाइन’ एक्स्पोले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा लिएको छु ।’

सिटी सेन्टरमा दुई दिनसम्म चल्ने ‘स्पेस एण्ड डिजाइनमा आईआईएफटीका अध्ययन गर्ने ५१ जना विद्यार्थीले आ–आफ्नो डिजाइनमा क्याफेका मोडेल्स तयार परेर प्रदर्शनीमा राखेका छन् र प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र पब्लिक च्याइस विधामा उत्कृष्ट हुनेलाई नगदसहित प्रमाणपत्र हस्तातरण गरिने जनाइएको छ । शुक्रबार ११ बजे उद्घाटन गरिएको एक्स्पो शनिबार ५ बजेसम्म चल्ने छ ।

विगत ७ वर्ष देखि सञ्चालनमा आएको ‘आईआईएफटी’ स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन काठमाडौंको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजामा र ललितपुरको मानभवनबाट रहेको छ । ‘आईआईएफटी’ले हजारांैको संख्यामा फेसन तथा इन्टेरियर डिजाइनरहरु उत्पादन गरिसकेको छ ।

वि.सं.२०८० असार १ शुक्रवार २१:३३ मा प्रकाशित

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...