back
CTIZAN AD

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

वि.सं.२०८३ असार १० बुधवार

168 

shares

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएको छ ।

कावासोती नगरपालिका पशुपन्छी विकास उपशाखाका पशु विकास अधिकृत अच्युत आचार्यका अनुसार दुग्ध उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले यहाँका किसानलाई चालु आर्थिक वर्षमा रु २८ लाख अनुदान उपलब्ध गराएको छ ।

नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई दूधमा प्रतिलिटर रु दुई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरभित्रका पाँचवटा सहकारीमार्फत उक्त अनुदान वितरण गरिएको हो । दुग्ध उत्पादन गर्ने किसानले सहकारीमा बिक्री गरेको दूधका आधारमा सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराइएको हो ।

कावासोती नगरपालिकाका पाँचवटा सहकारीमा सङ्कलन भएको दूधका आधारमा १५ लाख ४३ हजार ११३ लिटरका लागि अनुदान उपलब्ध गराइएको आचार्यले बताए । गत वर्षको उत्पादनका आधारमा रु २८ लाख अनुदानका लागि विनियोजन गरिएकामा यसपटक उत्पादन वृद्धि भएकाले सोहीअनुसार केही अनुदानको दरलाई कम गरेर सबै किसानलाई अनुदान उपलब्ध गराएको उनले जानकारी दिए । दूधमा प्रदान गरिएको अनुदानले थोरै भए पनि किसानले लाभ लिएको र उत्पादन लागत घटाउन सहयोग पुगेको उनले बताए ।

साना किसान कृषि सहकारी संस्था कावासोती–१४, एकीकृत दुग्ध विकास सहकारी संस्था कावासोती–८, जनकल्याण कृषि तथा दुग्ध सहकारी कावासोती–१७, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी कावासोती–२ र नमूना दुग्ध उत्पादक सहकारी कावासोती–१७ मार्फत सङ्कलित दूधका लागि किसानलाई अनुदान उपलब्ध गराइएको हो । यी सहकारीमा बिक्री भएको दूधका किसानलाई सहकारीले दिने दरमा नगरपालिकाको अनुदान थप गरेर दिने व्यवस्था गरिएको छ ।

नगरप्रमुख विष्णुप्रसाद भुसालका अनुसार उत्पादनका आधारमा अनुदान प्रदान गर्दा किसानलाई उत्पादन बढाउन उत्प्रेरित गर्ने भएकाले नगरपालिकाले सोही आधारमा अनुदान उपलब्ध गराउँदै आएको छ । दूधमा अनुदान दिँदा किसानको उत्पादन लागत घटाउन सहयोग पुग्ने र यसले किसानलाई फाइदा पुग्ने र उत्पादन बढाउन हौसला मिल्ने विश्वास नगरपालिकाले लिएको छ ।

कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षक पनि उत्पादनमा आधारित अनुदानका लागि रु ५४ लाख बजेट विनियोजन गरेको छ । दूध, माछापालनसहितका कार्यक्रममार्फत किसानलाई अनुदान दिन नगरपालिकाको मङ्गलबार भएको नगरसभाले उक्त रकम विनियोजन गरेको पशु विकास अधिकृत आचार्यले राससलाई जानकारी दिए ।

वि.सं.२०८३ असार १० बुधवार १२:१० मा प्रकाशित

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...